ट्राफिक व्यबस्थापन नहुँदा भद्रगोल

Written by meropradesh creator

६ फाल्गुन २०७८, शुक्रबार

रामेछाप । सदरमुकाम मन्थलीको व्यस्त वजारमा ट्राफिक व्यवस्थापन नहुँदा दैनिक अस्तव्यस्त र भद्रगोल बढ्दै गएको छ ।

ट्राफिक व्यवस्थापन फितलो हुँदा मन्थली वजारको सडक अस्तव्यस्त वन्दै गएको हो । पटकै पिच्छे ट्राफिक प्रहरी प्रमुख फेरिदा उनीहरुले गर्ने काम फरक–फरक हुँदा सवारी चलाउने चालक र यात्रु दुवै मारमा पर्दै आएका छन् । वजारमा कहिले मोटरसाइकल पार्किङ गर्न दिने र कहिले प्रहरीले रोकी राखेको मोटरसाइकलको हेलमेट लगिदिने र त्यही अनुसार जरिवाना गर्ने गर्दा सवारीसाधन चलाउने चालकहरु मारमा पर्दै आएका हुन् ।

यतिमात्रै हैन साँघुरो सडकमा जताततै सवारीसाधनलाई पार्किङ्ग गर्न दिने, मालवाहक गाडीवाट जतिखेर पनि सामान लोड अनलोड गर्दा पनि ट्राफिक प्रहरीले त्यसतर्फ ध्यान दिननसक्दा जुनसुकै समयमा पनि दुर्घटना हुन सक्ने स्थानियहरुले गुनासो गर्दै आएका छन् । व्यस्त सडकको विचबिचमा सवारीसाधन पार्किङ्ग गर्दा सडमा गुड्ने अन्य सवारीसाधनले कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।

एकातिर साँघुरो सडक, अर्कोतीर जताततै ठूला मालबाहक सवारीसाधन र यात्रुवाहक वस सडकमै पार्किङ्ग गरिदिदा साना सवारीसाधन गुडन सक्ने अवस्था नभएको मन्थली नगरपालिका–१ का सुकदेव सार्कीले बताए । उनले भने– सडकमा मनलाग्दी रुपमा ठूला सवारीसाधनले वाटो ढाकेका छन् । मनलाग्दी रुपमा पार्किङ्ग गरिदिएपछि वजार क्षेत्रमा सवारीसाधन चलाउन धेरै समस्या हुने गरेको छ । जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवार निकाय जिल्ला ट्राफिक प्रहरी कार्यालयको वेवास्ताको कारण मन्थली वजार अस्तव्यस्त बन्दै गएको सुकदेवले    बताए ।


केही वर्षअघि जिल्ला प्रसासन कार्यालयमा बसेको यातायात व्यवसायीहरु सहितको सर्वदलिय वैठकले विद्यालय र कार्यालय समयमा ठूला मालवाहक सवारीसाधन र यात्रुवाहक बस वजार क्षेत्रमा पारर्किङ्ग र सामान लोड अनलोड गर्न नदिने निर्णय भएको थियो । प्रशासनमा भएको उक्त निर्णय केही समय लागु भएता पनि अहिले ती पहिला भएका सवै निर्णयहरु कार्यान्वयन हुन सकेका छैनन् ।

सडकमा जताजतै सवारीसाधन पार्किङ्ग हुन थालेपछि विद्यालयको समयमा पैदल हिडेर विद्यालय जाने स–साना वालवालिका र पैदल यात्रुहरुले हैरानी व्यहोर्दै आएका छन् । विद्यालय समयमा पैदल हिडेर विद्यालय गएका वालबालिकाहरु बेलुका घर सकसुल आउँछन् वा आउँदैनन् भन्ने चिन्ता अभिभावकहरुले लिएर वस्नुपर्ने अवस्था भएको छ । सडकको ठाउँठाउँमा जेव्राक्रस राखिएको भएता पनि ती जेव्राक्रसमै सवारीसाधन रोकेर राख्दा समेत ट्राफिक प्रहरीले वास्ता नगरेको मन्थली नगरपालिका–३ ठुलीमदौका टिकाराम दमाईले जानकारी दिए ।

उनले भने– तल्लो सडकको छेउछेउ जाँउ दुईतर्फी पैदल हिड्ने वाटो छैन् । मास्लो सडकको पेटीतर्फ जाउँ सडक पार गर्दागर्दै सडकमा हुइकिएका सवारीसाधनले किचेर मार्ला भन्ने डर । सडकमा राखिएको जेब्राक्रसवाट सडक पार गरौं भन्दा त्यही जेब्राक्रसमा सवारीसाधन चालकहरुले रोकेर राख्दा पनि ट्राफिक प्रहरी रमिते बनेर बसेको देख्दा आफुलाई अच्चम लागेको टीकारामले बताए ।


यसअघि मन्थली बजारमा एकतर्फी सडक संचालन हुँदै आएको थियो । एकतर्फी सडक संचालन हुँदा रेडक्रस लाइनका व्यवसायीहरुले थोरे भएपनि राहातको महसुस गरेका थिए । पछि ट्राफिक प्रहरीले लत्तो छाडेपछि एकतर्फी सडक पुनः दुईतर्फी भएको छ । जसका कारण रेडक्रस लाइनका व्यवसायीहरु मारमा पर्दै आएका छन् ।

त्यसैगरी मन्थली नगरपालिका र वडा नं १ मन्थली कार्यालयको आर्थिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले मुख्य वजार क्षेत्रमा राखिएको गति सिमितका होडिङ्ग बोर्डहरु अहिले कहाँ छन् टुङ्गो समेत छैन् । वजारमा राखिएको ती होडिङ्ग बोर्डहरु हटाएपछि सवारीसाधन चलाउने चालकहरुको लापरर्वाही बढ्दै गएको स्थानियहरु बताउँछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...