हेटौँडा । टिपरको ठक्करबाट हेटौँडामा गए राती जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–२ चौकी टोलमा गए राति भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००२ प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको वाग्मती प्रदेश ०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिएको थियो । त्यस क्रममा स्कुटरमा पछाडि सवार हेटौँडा–१ जरुवा टोल बस्ने २५ वर्षीय अमित कपाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ठक्करबाट घाइते भएका कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिइएको छ । उक्त स्कुटरका चालक सामान्य घाइते भई हेटौँडा अस्पताल उपचारपश्चात् घर फर्किसकेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।