तिन जना काठमाण्डौ बाट प्रकाउ

Written by meropradesh creator

१८ श्रावण २०७९, बुधबार

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछाप बाट बिभिन्न मुद्धामा फरार रहेका तिन जनालाई प्रक्राउ गरेको छ । रामेछाप जिल्लाको बिभिन्न स्थान बस्ने तिन जनालाई काठमाण्डौमा लुकीछिपी रहेको अवस्थामा प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
उनीहरुलाई मंगलबार काठमाण्डौंबाट लुकीछिपी बसेको अवस्थामा प्रहरीले प्रकाउ गरेको हो । उनीहरु तिनै जना चोरी मुद्धामा जरिवाना फैसला पछी फरार रहेका थिए । तिनै जनालाई जिल्ला प्रहरी कार्यालयले आवश्यक कार्वाहीको लागी जिल्ला अदालत रामेछापमा पेश गरीसकेको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुम बस्ने ३१ वर्षिय तिर्थकुमार श्रेष्ठलाई भक्तपुर जिल्ला अदालतले घर फेरेर चोरी गरेको आरोपमा २०७३ साल असार २६ गते १ वर्ष ९ महिना कैद सजाय सहित ५ लाख छयानब्बे हजार तिनसय सत्ताईस रुपैंया जरिवाना फैसला सुनाएको थियो ।
त्यसै गरी रामेछाप जिल्ला रामेछाप नागरपालिका ४ बस्ने २१ वर्षिय अभिषेक खत्री र २२ बर्षिय राजिब भन्ने सुरेश नेपालीलाई जिल्ला अदालत रामेछापले २०७४ साल जेष्ठ ३० गते घर फोरी चोरी गरेको आरोपमा खत्रीलाई २१ दिन कैद सहित अड्तिस हजार सात सय सड्तिस रुपैया पचास पैसा जरीवाना र नेपालीलाई २१ दिन कैद सहित अड्तिस हजार सातसय सड्तिस रुपैया पांच पैसा जरीवाना सुनाई सकेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...