तिल्पुङका अध्यक्षले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने

Written by meropradesh creator

२८ फाल्गुन २०७८, शनिबार

रामेछाप । २०७४ सालको स्थानिय तहको निर्वाचनपछि लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्गका वडा अध्यक्ष शुबाष बोहोरासँग चार राजनितिक दलका प्रतिनिधिहरुले आर्थिक प्रतिवेदन माग गरेका छन् ।

स्थानिय तहको निर्वाचन सम्पन्न भएको करिव ५ वर्ष बित्न लाग्दा समेत वडा अध्यक्ष बोहोराले अहिलेसम्म वडामा एकवटा पनि सार्वजनिक सुनुवाई कार्यक्रम गरेका छैनन् । त्यसैगरी वडा कार्यालयमा आएको बजेट र खर्चको बिषयमा समेत कुनै आर्थिक प्रतिवेदन सार्वजनिक नगरेपछि तिल्पुङ्गका चार राजनितिक दलका प्रतिनिधिहरुले वडाले गरेको रकम खर्चको आर्थिक प्रतिवेदन माग गर्दै वडा कार्यालयमा शुक्रबार निवेदन बुझाएका हुन् ।

पालिकास्तरवाट वडा कार्यालयमा आएको बजेट वडा अध्यक्ष बोहोराले कुनै पनि विकास निमार्णका काम नै नगरी बर्षेनी रकम फ्रिज गर्दा स्थानिय नागरिकहरुले राज्यबाट पाउनु पर्ने सबै सेवा सुविधाहरु लिन बन्चित हुनु परेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधि ज्ञानवहादुर बुढाथोकीले जानकारी दिए । उनले भने– २०७४ सालमा निर्वाचित भएका वडा अध्यक्षले आफ्नो पदावधि सकिनलाग्दा समेत अहिलेसम्म कुनै पनि सार्वजनिक सुनुवाई कार्यक्रम नगर्नु र वडा कार्यालय मार्फत भएका खर्चको विवरण समेत सार्वजनिक नगर्नु दुःखद कुरा भएको बताए ।

वडा कार्यालयले २०७४ सालदेखी २०७८ सालसम्मको सबै खर्चको विवरण र सहितको आर्थिक प्रतिवेदन ७ दिनभित्र नबुझाएमा कडा कदम चाल्ने चार राजनितिक दलका प्रतिनिधिहरुले बुझाएको मागपत्रमा भनिएको छ । अध्यक्ष बोहोराले गरेको काम र खर्चको विवरण माग गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राप्रपा नेपालले वडा कार्यालयमा निवेदन पेश गरेका हुन ।

स्थानिय तहको निर्वाचन पछि देखी नै तिल्पुङ्गका वडा अध्यक्ष शुबाष बोहोराले नागरिकप्रति गर्नुपर्ने काम प्रति त्यति चासो नदेखाएको र जनताप्रति गर्ने व्यहार हदैसम्मको गैह्रजिम्मेवारपूर्ण गर्दै आएकाले अब आउने स्थानिय तहको निर्वाचनमा जनताले उनलाई दण्डित गरेर देखाउनु पर्ने समय आएको नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाका सचिव बिरेन्द्र बोहोराले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...