रामेछाप । लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्गमा दुईतले पक्की स्वास्थ्य चौकी भवन निमार्ण हुने भएको छ । राष्ट्रिय पुन निमार्ण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत उक्त स्वास्थ्य चौकी निमार्ण हुन लागेको हो । आयोजना कार्यान्वयन इकाईले भवन निमार्णको लागि निकालेको टेण्डरमा श्री स्काई÷विवश जे.भि.काठमाण्डौंले उक्त भवनको निमार्णको जिम्मेवारी पाएसँगै आयोजना कार्यान्वयन इकाईसँग निमार्ण व्यवसायीले २०७८÷०१÷०८ गते सम्झौता गरेसँगै कामको शुरुवात गरेका हुन ।
दुई तले पक्की भवनको निमार्णको लागि १ करोड ९६ लाख ३८ हजार १ सय ११ रुपैयाँ ८० पैसा (भ्याट वाहेक) मा आगामी २०७९ साउन ८ गते सम्पन्न गर्ने गरि काम अघि वढाइएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रामेछापले जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...