टिकटक चलाउँदा थापा मगरको खाताबाट २ लाख ५२ हजार हरायो

Written by meropradesh creator

५ मंसिर २०८०, मंगलवार

काठमाडौँ । अबैध रुपमा टिकटक चलाउदा नुवाकोटको बेलकोटगढी नगरपालिका स्थित रातमाटेका ३२ वर्षीय पुतली माया थापा मगरको बेंक खताबाट २ लाख ५२ हजार हराएको छ । बिभिन्न माध्यमको प्रयोग गरि सामाजिक सञ्जाल टिकटक चलाउदा थापा मगरको बेंक खताबाट २ लाख ५२ हजार हराएको छ । मन्त्रिपरिषद्ले कार्तिक २७ मा नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो निर्णयपछि प्रयोगकर्ताहरूले भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गरेर टिकटक चलाउन थालेका छन् ।


टिकटकलाई प्रतिबन्ध लगाएपछि निर्णयको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा बहस भइरहेको छ । मन्त्रिपरिषद्को निर्णयलाई समर्थन गर्नेहरुले भीपीएन प्रयोग गर्दा बैंकको पैसा चोरी हुने भन्दै प्रचार गरिरहेका छन् । प्रहरी प्रधान कार्यालयले पनि भीपीएनको प्रयोग असुरक्षित हुने भन्दै सूचना जारी गरेको छ । निर्णयको बिरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अहिले सामाजिक सञ्जालमा भीपीएनको प्रयोग गरेर प्रतिबन्धित टिकटक चलाउँदा ३२ वर्षीय पुतली माया थापा मगरले बैंकको रकम गुमाएको पोस्ट भाइरल छ । बेलकोटगढी नगरपालिकास्थित रातमाटे घर भएकी पुतली मायालाई श्रीमानले विदेशबाट पठाइदिएको २ लाख ५२ हजार नगद ह्याकरले बैंक खातामा पहुँच बनाएर चोरी गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सो पोस्टलाई सेयर गरिरहेका छन् ।
समाचार तयार पर्दासम्म सो पोस्टमा २ हजारपटकभन्दा बढी लाइक, ४ सयभन्दा बढी कमेन्ट र सेयर भएका छन् । तर, पीडित भनिएकी पुतली मायाले अहिलेसम्म रकम हराएको बारेमा अनुसन्धान गर्ने निकायलाई खबर गरेकी छैनन् ।

बेलकोट गढी नगरपालिकास्थित रातमाटेमा बस्ने कसैले पनि अहिलेसम्म त्यसबारे जानकारी नगराएको नुवाकोटका एसपी सञ्जय सिंह थापाले बताए । एसपी थापाले भने, ‘उजुरी आएको छैन, मैले त्यहाँ हाम्रो टोलीलाई बुझ्न लगाएको छु ।’
समाचार रातोपाटी बाट

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थली नगर कप भलिबल प्रतियोगिता सम्पन्न: पुरुषतर्फ चिसापानी र महिलातर्फ भटौलीले जिते उपाधि

मन्थली नगर कप भलिबल प्रतियोगिता सम्पन्न: पुरुषतर्फ चिसापानी र महिलातर्फ भटौलीले जिते उपाधि

मन्थली नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको चौथो मन्थली नगर कप रनिङ शिल्ड पुरुष भलिबल तथा दोस्रो मन्थली नगर कप महिला भलिबल प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ । मन्थली माविको खेलमैदानमा चार दिनसम्म चलेको उक्त प्रतियोगितामा विभिन्न वडाहरूका टिमले...

पालिका संख्या र सीमाना हेरफेरको तयारी, सुझाव माग्दै सरकार

पालिका संख्या र सीमाना हेरफेरको तयारी, सुझाव माग्दै सरकार

काठमाडौं । सरकारले देशभरका स्थानीय तहहरूको संख्या र सीमाना पुनरावलोकन गर्ने तयारी थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर, गाभिने तथा नगर वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्डको मस्यौदा तयार पारेर...

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

मन्थली, ५ बैशाख । जिल्ला सहकारी संघ रामेछापको आयोजनामा शनिबारदेखि सहकारी संस्थाका लागि ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने...