मन्थलीः रामेछापमा तीन दिनसम्म जारी कफ्र्यू तथा निषेधाज्ञा हटाइएको छ । जेनजी आन्दोलन हिंसात्मक हुन थालेपछि भदौ २४ गते देखि सुरु भएको निषेधाज्ञा र कफ्र्यू आन्दोलन हटेसँगै शनिबारबाट पूर्ण रुपमा हटाइको हो ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जनजीवन सामान्य बन्दै गएको र कुनै सुरक्षा चुनौती नरहेकोले आदेश हटाइको जनाएको छ । जेनजी आन्दोलन साम्य भएको र जिल्लाको सुरक्षा अवस्था सन्तोषजनक रहेको विश्लेषण गरी जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । उनका अनुसार जिल्ला कारागारमा जारी गरिएको दङ्गाग्रस्त क्षेत्र बाहेक जिल्लाका अन्य स्थानमा लगाईएको कफ्र्यू तथा निषेधाज्ञा आदेश पूर्ण रुपमा हटाइएको हो ।
प्रमुख जिल्ला अधिकारी थापाले जिल्लाको समग्र शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न सघाउ पुर्याउने सबैलाई धन्यावाद दिँदै जिल्लाको शान्ति सुरक्षा र अमनचयनका लागि आफू पुर्ण रुपमा प्रतिबद्ध रहेको बताए । जेनजी आन्दोलनको क्रममा जिल्ला कारागारबाट भाग्न खोज्ने कैदीबन्दीलाई नियन्त्रणमा लिन गोली चल्दा २ जना कैदीबन्दीको मृत्यू भएको भने १४ जना घाइते भएका थिए । यसबाहेक जिल्लामा अरु कुनै अप्रिय घटना नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









