तिहारमा टेलिकमका सेवामा विभिन्न छुट अफर

Written by meropradesh creator

१ मंसिर २०७७, सोमबार

कार्तिक ३०
नेपाल टेलिकमले तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठपर्वका अवसरमा नयाँ प्याकेजहरु उपलब्ध गराउने भएको छ । कम्पनीले फेस्टिभल अफरका रुपमा दशैंको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिने भएको छ । यी अफरहरु काग तिहार (कात्तिक २८, २०७७) देखि छठपर्व (मंसिर ५, २०७७) सम्म उपलब्ध हुनेछन् । यसका साथै सेवाग्राहीको सुविधाका लागि थप विशेषतासहितको अटम अफरका प्याकेजहरु कात्तिक २८ गतेबाटै लागू गरेको जनाएको छ ।
फेस्टिभल अफरका रुपमा जी एस एम र सी डी एम ए मोबाइलको व्यालेन्स टप अप गर्दा बोनस उपलब्ध हुनेछ । जसमा रिचार्ज कार्डबाट रु. ५० रिचार्ज वा एमपोसबाट रु. २० देखि रु. ५० सम्म रिचार्ज गर्दा सोही दिनका लागि ५ मिनेट वोनस, रिचार्ज कार्डबाट रु १०० वा एमपोसबाट रु. ५१ देखि रु.१०० सम्म रिचार्ज गर्दा सोही दिनका लागि १० मिनेट वोनस, रिचार्ज कार्डबाट रु. २०० वा एमपोसबाट रु. १०१ देखि रु. २०० सम्म रिचार्ज गर्दा सोही दिनका लागि २० मिनेट वोनस, एमपोसबाट रु. २०१ देखि रु. ४९९ सम्म रिचार्ज गर्दा सोही दिनका लागि ३० मिनेट वोनस, रिचार्ज कार्डबाट रु. ५०० वा एमपोसबाट रु. ५०० देखि रु. ९९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट वोनस र रिचार्ज कार्डबाट रु. १००० वा एमपोसबाट रु. १००० वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनका लागि १०० मिनेट वोनस सेवा उपलब्ध हुने बताएको छ ।
अटम अफरमा थप सुविधाहरुमा कम्पनीले ७ दिनसम्म प्रयोग गर्न सकिने गरी प्रतिदिन १०० मिनेट र २८ दिनका लागि प्रतिदिन १०० मिनेट चलाउन मिल्ने छुट्टाछुट्टै इको भ्वाइस प्याक उपलब्ध गराउने भएको छ । ७ दिनका लागि उपलब्ध हुने यस प्याकेजको मूल्य रु. ९५ हुनेछ भने २८ दिनका लागि उपलब्ध हुने प्याकेजको मूल्य रु. ३७५ हुनेछ । यी प्याक अन्तर्गत क्रमशः ७०० र २८०० मिनेट भ्वाइस कल गर्न सकिने छ ।
यसैगरी भ्वाइस र डाटा प्याक दुवै सुविधा समेत लिन सकिने नयाँ इको डाटा प्याक विथ भ्वाइससमेत उपलब्ध गराइएको छ । यस अन्तर्गत प्रतिदिन १४ मिनेट कुराकानी गर्ने र प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. ९५ मा जम्मा ९८ मिनेट भ्वाइस कल गर्न र ७ जीबी डाटा चलाउन सकिने छ । साथै रु. ३७५ मा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी जम्मा ३९२ मिनेट भ्वाइस कल र २८ जीबी डाटा सहितको प्याकेज उपलब्ध हुनेछ । ग्राहकको सहजताका लागि सबै किसिमका डाटाका साथै फेसबुक र युट्युब चलाउन मिल्नेगरी लार्ज सोसियल मिडिया प्याकमा निम्न छुट उपलब्ध हुनेछ ।
जसमा रु १८० मा ७ दिनका लागि अल डाटा ४ जीबी र प्रत्येक दिन १ जीबी फेसबुक तथा युट्युब चलाउने गरी ७ जीबी सहित जम्मा ११ जीबी डाटा, ५९९ मा अल डाटा १० जीबी र २८ दिनसम्म प्रत्येक दिन १ जीबी गरी फेसबुक तथा युट्युब चलाउन २८ जीबीसहित जम्मा ३८ जीबी तथा यसरी उपलब्ध डाटामध्ये अल डाटाबाट २४सै घण्टा जुनसुकै एप चलाउन र प्रत्येक दिन प्राप्त हुने १ जीबी डाटाले युट्युब र फेसबुक चलाउन सकिने छ । युट्युब र फेसबुकसम्बन्धी सबै डाटा जुनुसुकै समयमा र जुनसुकै नेटवर्कमा प्रयोग गर्न सकिने बताएको छ ।
त्यसैगरी कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेको पोस्टपेड प्याकमा रु. ५९९ को नयाँ पोस्टपेड (प्राइम) प्याक थप गरिएको छ भने रु. ७४९ को प्याकमा डाटा भोल्युम परिमार्जन गरिएको छ । अब रु. ५९९ मा ३० दिनसम्म चलाउन मिल्नेगरी प्याक लिन सकिने छ । सो प्याक प्रयोग गरी ४०० मिनेट कम्पनीकै नेटवर्कमा र ५० मिनेट अन्य नेटवर्कमा समेत कल गर्न सकिने सुविधा प्राप्त हुनेछ । साथै सो प्याकबाटै ६ जीबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन सकिने छ ।
यसैगरी रु. ७४९ को ३० दिन चलाउन मिल्ने पोस्टपेड (प्रिमियम) प्याक लिन सकिने छ र यसबाट ८०० मिनेट कम्पनीकै नेटवर्कमा र ७५ मिनेट अन्य नेटवर्कमा कल गर्न सकिने छ । त्यसैगरी ८ जीबी डाटा भोल्युम चलाउन र ५०० वटा एसएमएस गर्न सकिने छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ३ डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम एप’ तथा कम्पनीको वेबसाइट धधध।तअ।लभत।लउ मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने भएको छ । गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक १ माघमा ललितपुरको कुपन्डोलमा बस्ने तय भएको हो । महामन्त्री प्रदीप पौडेलको...

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले पार्टी एकताको पक्षमा अभिमत प्रकट गर्न सबैमा आग्रह गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित तीन जना नेतालाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही...

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

रामेछाप। नेपाल टेलिकमको टावर निर्माणको काम अधुरै छोडेर ठेकेदार सुवास पौडेल सम्पर्कविहीन भएपछि रामेछापका करिब १ दर्जन मजदुर अलपत्र परेको खुलेको छ। जिम्मेवारी दिने बेलामा सक्रिय भएका निर्माण व्यवसायि पौडेल काम अधुरो रहँदा सम्पर्कविहीन भएका छन् । यस्तो गैरजिम्मेवार...