ठुलीमदौ खानेपानीको उद्घाटन २१७ घरमा एकै पटक पानीको धारा

२६ बैशाख २०८१, बुधबार

रामेछाप । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं –३ स्थित ठुलीमदौ लिफ्ट सामुदायिक खानेपानी आयोजनाको मङ्गलवार उद्घाटन भएको छ । उद्घाटन सँगै २१७ घरको धारामा एकै पटक पानीको धारा झरेको छ । 

बजेट अभावमा लामो समय देखि काम पुरा हुन नसकेको योजना अन्तर्गत पहिलो चरणमा ठुलिमदौका २ सय १७ घरका उपभोक्ताहरूलाई लक्षित गरी सम्पन्न भएको योजनाको मङ्गलवार संविधान सभाका सदस्य तथा बागमती प्रदेशका प्रदेश सभा सदस्य तारा नारायण श्रेष्ठले उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य श्रेष्ठले बजेटको अभावमा लामो समय देखि काम पुरा हुन नसकेको योजनाको बाँकी काम गर्ने र बजेट ल्याउने जिम्मा आफ्नो भएको बताएका छन् । बजेट अभाव हुन्छ भन्ने चिन्ता नलिन आग्रह गर्दै बाँकी रहेको घरमा पनि छिटै पानीको धारा आउने प्रदेश सभा सदस्य श्रेष्ठले बताए । वडा नं –३ अन्तर्गतका करिब ५ सय घरका उपभोक्तामा उक्त खानेपानी योजना पुर्‍याउनै पर्ने बाध्यता भएकोले योजना अन्तर्गतको बाँकी कामका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने जिम्मा आफूले लिने प्रदेश सभा सदस्य श्रेष्ठले प्रतिबद्धता पनि व्यक्त गरेका हुन् ।

कार्यक्रममा रामेछाप प्रदेश सभा ख का सदस्य सांसद युवराज चौलागाईले नागरिकको सरोकार सँग जोडिएका महत्त्वपूर्ण सवालहरूमा आफूहरू गम्भीर रहेको भन्दै त्यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक पर्ने धारणा राखे । चौलागाईले देशमा देखिएको अस्थिर राजनीतिलाई आधार बनाएर पछिल्लो समयमा व्यवस्था विरुद्ध आवाज उठ्नु भने गलत भएको भन्दै उक्त व्यवस्था विश्वकै उत्कृष्ट व्यवस्था भएकोले यसलाई जोगाउनका लागि मतदाताहरू पनि सचेत हुनुपर्ने बताए ।

कर्मागत रूपमा निर्माण सक्ने गरी लामो समय देखि काम सुरु भएको उक्त योजनको काम बजेटको अभावका बिच पनि ठुलिमदौ क्षेत्रका नागरिकहरूलाई भए पनि समयमै खानेपानी खुवाउने काममा समितिले उत्कृष्ट काम गरेको भन्दै आम उपभोक्ताहरूले समितिका अध्यक्ष यम बहादुर थापा र उनको समितिलाई धन्यवाद दिएका थिए ।

उक्त समितिले काम सुरु गरेको २ बर्षमानै उक्त योजनाको पहिलो फेजको कार्यक्रम सम्पन्न गरी खानेपानीको अभावमा तड्पिएर बसेका २ सय १७ घर परिवारलाई खानेपानीको समस्या समाधान गरी दिएको हो ।

उक्त योजनाका लागि ४ करोड ५४ लाख रुपैयाँ खर्च भएको र बाँकी सबै उपभोक्ताका बिच खानेपानी पुर्‍याउन करिब थप २ करोड रुपैयाँ लाग्ने खानेपानी तथा सर सफाइ डिभिजन नं ४ का प्रमुख हुपेन्द्र राज जोशीले जानकारी गराए । योजनाको उद्घाटन सम्म आई पुग्दा उपभोक्ता समितिले गरेको कामको पनि प्रमुख जोशीले उच्च प्रशंसा गर्दै उपभोक्ताका लागि अत्यन्त महत्त्वपूर्ण रहेको योजना भएकोले कार्यालयले पनि योजनालाई उच्च महत्त्व दिएको बताए ।

बागमती प्रदेशका मुख्य मन्त्री सालिकराम जमरकट्टेलले १० बजे उद्घाटन गर्ने भनेर पत्राचार गरिएको भए पनि अन्तिममा मुख्य मन्त्री यही कार्यक्रमका लागि आउँदै गर्दा बाटोमै अस्वस्थ भएर पछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।

उपभोक्ता समितिका अध्यक्ष यम बहादुर थापाको अध्यक्षता र सन्तोष खत्रीको सञ्चालनमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस,नेकपा एमाले र माओवादी केन्द्रका जिल्ला नेताहरूका अलावा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र उप प्रमुख ईश्वरी बस्नेत ,वडा नं–१ का वडा अध्यक्ष होम प्रसाद पौडेल र जिल्लाका सञ्चार माध्यमका प्रतिनिधिहरू र स्थानीय वासीहरूको समेत उल्लेख्य सहभागी रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

रामेछाप— नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट १२ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । यसअघि कुल ६७ जना नेताहरुले उम्मेदवारी दर्ता गरे पनि अन्ततः सहमतिमै प्रतिनिधि छनोट टुंगो लागेको एमाले रामेछापले जनाएको छ ।खुला समूहमा दर्ता भएका ३४...

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछाप— रामेछाप नगरपालिका–८ स्थित टुडिखेलमा सम्पन्न आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष गौरीशङ्कर माध्यमिक विद्यालय रामेछाप समग्र च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विद्यालयले उत्कृष्ट खेलकुद प्रदर्शन र सर्वाधिक पदक जित्दै सबैको ध्यान...

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

रामेछाप । जेसिज रामेछापले वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।सभाबाट कुमार श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ । नेतृत्व चयनसँगै जेसिजले नयाँ ऊर्जा र योजनासहित आगामी वर्षका कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।नया कार्यकारिणीमा कार्यकारिणी...