थापामगरको समुह रामेछाप उद्योग वाणिज्य संघ विजयी

Written by meropradesh creator

२८ फाल्गुन २०७९, आईतवार

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा नविनकुमार थापामगरको समुह विजय भएका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूको नवीन थापा मगरको टिम नै निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित मगरले १ सय ३२ मतान्तरले एमाले निकट व्यवसायी नवराज ढुङ्गेललाई पराजित गरेका छन । मगर ६७१ मत पाएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी ढुङ्गेलले ५३९ मत पाएका छन् ।
वरिष्ठ उपाध्यक्षमा ६४१ मत सहित प्रकाश कुमार श्रेष्ठ निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी सुमिका श्रेष्ठले ५६२ मत पाएकी छन् ।
वाणिज्य उपाध्यक्षमा राम सुदिश साह सोनार (सुदिश) ६५५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रामहरि उप्रेतीले ५३७ मत पाएका छन् ।
उद्योग उपाध्यक्षमा आकाश रिजाल ६५२ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी चन्द्रबहादुर मानन्धरले ५३८ मत पाएका छन् ।
महासचिवमा ६०९ मत पाएर कुमार श्रेष्ठ निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुरेश उदासले ५८५ मत पाएका छन् ।
सचिवमा गठबन्धनकै यज्ञप्रसास सुवेदी ६९९,कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम), आजिवान सदस्यमा प्रमोदकुमार श्रेष्ठ ६५०, महिला सदस्यमा जया सुवेदी ६७६ मत पाएर निर्वाचित भएका छन् ।
खुल्ला सदस्यमा पनि गठबन्धनकै अर्विनकुमार श्रेष्ठ ६२२,राजु श्रेष्ठ (विजय) ६३०, वासुदेव फुयाँल ७१९, श्यामकुमार श्रेष्ठ ६८० र हरेराम क्षेत्री ६१९ मत ल्याएर निर्वाचित भएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेटबहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। चिसापानी र...