टेरामक्स प्रकरणमा ज्ञानेन्द्र कार्कीको बयान

काठमाडौं । टेरामक्स प्रकरणमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो वयान दिनु भएको छ । उहाँले सर्वोच्च अदालतको आदेश अनुसार टेरामक्स खरिद प्रक्रिया कार्यान्वयन गर्नुपरेको बताउनु भएको छ ।
ज्ञानेन्द्रबहादुर कार्कीको बयानको सारांश
नेपाल दूरसञ्चार प्राधिकरण स्वायत्त निकाय हो र उसैको जिम्मेवारीमा बजेट बनाउने र कार्यक्रम राख्ने पर्दछ । कानुनसम्मत भए।नभएको चेक जाँच गर्ने जिम्मेवारी र कार्यक्रम तथा बजेट पेस गर्ने काम प्राधिकरणकै हुन्छ । म मातहतका पदाधिकारीहरूले फेरि चेकजाँच गरी म समक्ष पेस गरेअनुसार मैले सदर गर्नुपर्ने वाध्यात्मक दायित्व हुन जान्छ । म यस विषयको विज्ञ होइन । व्यक्तिको मौलिक हक हनन हुने कुरामा मेरो संलग्नता रहने कुरा कल्पना पनि गर्न सक्दिनँ ।
सर्वोच्च अदालतले खरिद प्रक्रिया सम्पन्न गर्नू।गराउनू भनी परमादेश जारी गरेको हुँदा कार्यान्वयन गर्नुपर्ने दायित्व आइपरेको हो । ९यो विषयमा० जनताको गोपनीयताको हकलाई पूर्ण संरक्षण गर्ने, विशेष व्यक्ति वा समूहको खास उद्देश्य र समयसम्मको लागि व्यक्तिगत तथ्याङ्कमा पहुँच हुने गरी विधायिकाले कानुन बनाउन तर्क सङ्गत र उपयुक्त हुन्छ ।
कुनैपनि व्यक्तिको सूचना सङ्कलन, भण्डारण, संरक्षण, विश्लेषण।प्रशोधन वा प्रकाशन कानुन बमोजिम बाहेक गर्नुहुँदैन भन्नेमा म सहमत छु । तर टेरामक्समा सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नुपर्ने संवैधानिक दायित्व निर्वाह गरेको छु ।
९कल डिटेलमा पहुँच राख्न० अपराध अनुसन्धानको लागि जिल्ला अदालतबाट स्वीकृति लिनुपर्ने बारेमा म सामान्य रूपमा जानकार थिएँ । तर टेरामक्स खरिद गर्ने कार्य मेरो कार्यकालमा निर्णय भएको होइन।छैन । खरिद प्रक्रियामा मन्त्रालयको कुनै प्रकारको संलग्नता छैन ।
मलाई सम्झना भए अनुसार २०७८।७९ को वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्दा नै अदालतबाट पूर्णपाठ आए पश्चात पूरक बजेट पेस गर्ने भनिएको थियो । नियम सङ्गत तथा प्रक्रिया सङ्गत रूपमा तहतह हुँदै आएको टिप्पणीलाई मैले सदनियतले नै अदालतको फैसला कार्यान्वयन गर्ने उद्देश्यले सदर गरेको हुँ ।
मसामू पूरक बजेटको निम्ति पेस हुँदा बजेट निकासा सम्बन्धी टिप्पणी मात्र पेस भएको थियो । जुन बजेट मैले मन्त्रालयको जिम्मेवारी लिनुभन्दा अगाडि नै स्वीकृत भइसकेको हो । मेरो लामो राजनैतिक यात्रामा मैले देशको सर्वोत्तम हितलाई केन्द्रमा राखेर सेवा गर्दै आएको छु र मैले भ्रष्टाचार गरेको छैन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...