टेलिकमको सेवा प्रवाह ठप्प भए पश्चात पत्रकार महासंघको चेतावनी

Written by meropradesh creator

५ माघ २०७७, सोमबार

रामेछाप, नेपाल टेलिकम रामेछापको सेवा प्रवाह ठप्प भए पश्चात नेपाल पत्रकार महासंघ रामेछापले नेपाल टेलिकमलाई चुनौती दिएको छ ।
नेपाल पत्रकार महासंघ रामेछापको अगुवाईमा नागरिक समाज तथा सेवाग्राहि सहितको टोलीले सोमबार ज्ञापनपत्र बुझाउदै नेपाल टेलिकमलाई चुनौती दिएको हो । टोलिले रामेछाप टेलिकमका साथै जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत टेलिकमको केन्द्रीय कार्यालय काठमाण्डौलाई समेत ज्ञापनपत्र बुझाएको हो ।
नेपाल टेलिकमकको कार्यालय मन्थली बाट प्रवाह हुँदै आइरहेको टेलिफोन सेवा र एडिएसएल नेट सेवाको मुख्य ट्रान्समिसन लिङ्गमा पटक(पटक आउने गरेको समस्याका कारण सञ्चारकर्मी लगाएत अन्य अनलाइन ब्यवसायि र सेवाग्राही समेत यसको प्रत्यक्ष मार परेका छन् । माघ महिनाको सुरुवाती सँगै टेलिफोन र नेट मा आएको समस्या अझै समाधान हुन नसकेको भन्दै विभिन्न मागहरु सहित टेलिकम रामेछापमा निमित्त कार्यालय प्रमुख सरोज मुखिया र टेलिकम केन्द्रीय कार्यालयका लागि प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मालाई पत्रकार महासंघका अध्यक्ष रमेश ढुङ्गेलले ज्ञापन पत्र बुझाएको हो ।


ज्ञापनपत्रमा टेलिफोन र एडिएसएलमा भएको समस्या समाधान आजका मितिले बढिमा ३ दिन भित्र अनिवार्य रुपमा हुनुपर्ने, प्राय अधिकास ग्राहकहरूले मासिक रुपमा एडिएसएलको भुक्तानी गर्ने गरेको तर महिना दिन पुगेपछि नेट चलेपनि नचलेपनि पैसा सकिएर सेवा बन्द हुने गरेको वर्तमान सन्दर्भमा नचलेको दिनको गणना गरी सवै सेवाग्राहिहरूलाई क्षतिपूर्ति वापद सेवा अवधि थप गरिनुपर्ने , जिल्ला र पालिका स्तरमा भैरहेको बढदो शहरीकरण सँगै नेपाल टेलिकमले दिनुपर्ने सेवा माग अनुसार दिनु पर्ने र त्यसका लागि क्षमता बृद्धि लगाएतका अन्य कामहरु तत्काल देखि सुरू गरिनुपर्ने, नेट सेवाको क्षमता बृद्धिकालागि फाइवर टु द होम (ँत्त्ज्) का लागि योजना भैसकेको तर नेटवर्क को काम अझै सम्म पनि सुरूवात हुन नसकेकोले आजका मितिले ७ दिन भित्र वाट सो को कार्य प्रारम्भ गरिनुपर्ने, हाल भैरहेको (परम्परागत प्रविधिको) ड्रव वाएर मार्फत एउटै घरमा लाइन लैनान ४ देखि ५ सय मिटर सम्म ब्यक्तिगत रुपमा खर्च गरी तार टाग्नुपर्ने वर्तमान अबस्थालाई बिस्थापित गरी आधुनिक तरिकाको तत्काल फाइवर मार्फत सेवा विस्तार गरिनुपर्ने मागहरु रहेका छन् ।
त्यसैगरी सिन्धुली( खुर्कोट हुँदै र मुडे चरिकोट हुँदै रामेछाप मन्थली आएको अप्टिकल फाइवर लाई एकिकृत गरी रिङ बनाएर चुस्त दुरुस्त सेवा दिइनु पर्ने। लोकसेवा आयोगका लागि अनलाइन फाराम भर्न सिङ्गल दस्तुर बैकमा जम्मा गरिसकेका सयौंको संख्यामा रहेका आवेदकहरुको फाराम समयमा अपलोड नहुदा दोव्वर दस्तुर तिर्नु पर्ने वाध्यात्मक अवस्था आएकोले सो समस्या समाधानका लागि पहल गरिनुपर्ने लगायतका मागहरू ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा राखेका मागहरू पुरा नभएमा महासंघको नेतृत्वमा सम्पुर्ण नागरिक समाजका अगुवाहरू,ब्यवसायी बुद्धिजिवी सहित नेपाल टेलिकमको बिरुद्धमा आन्दोलनमा उत्रने चेतावनी दिईएकोछ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

मन्थली- कार्यालय रामेछापले चालु आवमा सञ्चालित स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम र सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएको छ ।‌ मन्थलीस्थित आइतबार आयोजित ‘पत्रकारसँग अन्तरक्रिया’ कार्यक्रममार्फत कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति तथा उपलब्धि...

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

रामेछाप  — बीपी राजमार्ग विभिन्न स्थानमा क्षति पुगेपछि अहिले सम्म उक्त क्षेत्रमा यातयात अबरूद् छ । आइतबार साँझसम्म पनि सडक पूर्ण रूपमा खुलाउन समस्या हुने प्रहरीले जनाएको छ। अविरल वर्षा र बाढीका कारण बनेका डाइभर्सन बगाउँदा यातायात सञ्चालन प्रभावित बनेको हो। जिल्ला...

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले ओखलढुंगामा भएको विवादास्पद व्यवहार र अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमायाचना गर्नुभएको छ। शुक्रबार जारी विज्ञप्तिमा उहाँले सामाजिक सञ्जालमा प्रसारित भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेट्दा गलत सन्देश गएको उल्लेख...