टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै नटिप्ने समस्याले सञ्चार सेवा संकटग्रस्त बनेको स्थानीयको गुनासो छ ।

गाउँपालिकाका वडा नम्बर ७ भुजी, ६ गुप्तेश्वर, ५ र ४ प्रीति तथा ३ कुँबुकास्थलीका अधिकांश क्षेत्रमा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा स्थानीयले वैकल्पिक रूपमा एनसेलको सिम प्रयोग गर्न थालेका छन् । स्थानीयका अनुसार पछिल्लो समय टेलिकमको नेटवर्क यति कमजोर बनेको छ कि सामान्य फोन सम्पर्क गर्नसमेत निकै कठिन हुने गरेको छ ।

वडा नम्बर ४ प्रीतिस्थित च्यादलु बजारमाथि रहेको नेपाल टेलिकमको टावरबाट समेत आसपासका क्षेत्रमा पर्याप्त सेवा नपुगेको स्थानीयको गुनासो छ । त्यस्तै वडा नम्बर १ गुम्देलमा सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको छिरिङ खर्कस्थित टावरमा निर्भर रहनुपर्दा मौसम प्रत्यक्ष रूपमा सेवामा असर पर्ने गरेको छ । सौर्य ऊर्जाबाट सञ्चालन हुने टावर घाम लाग्दा मात्र चार्ज हुने र वर्षा तथा बदली हुँदा सेवा पूर्ण रूपमा अवरुद्ध हुने अवस्था रहेको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार लिखु खोलामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाबाट विद्युत् आपूर्ति हुन नसक्दा टावर अझै सौर्य ऊर्जामै निर्भर छ। त्यसका कारण बर्खायाममा सञ्चार सेवा झनै प्रभावित हुने गरेको छ। आपतकालीन अवस्थामा समेत सम्पर्क हुन नसक्दा नागरिकले ठूलो समस्या झेल्नुपरेको उनीहरूको भनाइ छ ।

पालिकाको केन्द्र च्यादलु, भुजी, गुप्तेश्वरलगायत क्षेत्रमा फोन सेवा अविश्वसनीय बनेपछि सरकारी सेवा प्रवाह, विद्यालयको प्रशासनिक काम तथा दैनिक जनजीवनसमेत प्रभावित भएको स्थानीयले बताएका छन् । उनीहरूले टेलिकमले ग्रामीण क्षेत्रमा रहेका टावरको नियमित मर्मत, स्तरोन्नति र भरपर्दो विद्युत् व्यवस्थापनमा ध्यान नदिँदा वर्षौंदेखि सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।

यता नेपाल टेलिकम मन्थली शाखाले भने समस्या समाधान गर्ने अधिकार स्थानीय कार्यालयसँग नभएको जनाएको छ । शाखाका कर्मचारीका अनुसार उमाकुण्ड क्षेत्रबाट पटक–पटक गुनासो आए पनि ती सबै केन्द्रमा पठाउने बाहेक शाखाले प्रत्यक्ष रूपमा समाधान गर्न सक्ने अवस्था छैन । निमित्त प्रमुख प्रदीप कार्कीले प्रभावित नागरिकले सामूहिक रूपमा लिखित माग पेश गरे समस्या समाधानका लागि केन्द्रबाट पहल हुन सक्ने बताएका छन् ।

स्थानीयले भने सञ्चार सेवा आधारभूत आवश्यकता बनिसकेको अवस्थामा नेपाल टेलिकम र सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल नगरे ग्रामीण बासिन्दाले अझै लामो समयसम्म सञ्चार संकट झेल्नुपर्ने बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...