सिन्धुली – तास खेलीरहेको अवस्थामा ९ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्ने हरुको साथ बाट प्रहरीले १ लाख ६ सय ४५ रुपैयाँ नगद र १० बुक तास नियन्त्रणमा लिएको छ ।
कमलामाइ नगरपालिका–६ स्थित धुराफाटमा रहेको आस्विन होटल तथा खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही होटलका संचालक तारा कुमार श्रेष्ठ सहित ९ जनालाई सोमबार साझ प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ९ जनालाई अपराध संहिता २०७४ मा ब्यबस्था भए बमोजिम जुवा–तास खेल्न खेलाउन नहुने कसुरमा मंगलबार जिल्ला प्रसाशन कार्यालय सिन्धुलीबाट दस दिनको म्याद थप गरी आबस्यक अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो । चाडबाड नजिकिए सङ्गै जुवा तास खेल्ने खेलाउने, चोरी निकासी तथा अबैध गतिबिधीहरु हुन सक्ने भएकोले यसको नियन्त्रणका लागी बिशेष निगरानि सहित प्रहरी परिचालन गरिएको समेत प्रहरी प्रमुख काफ्लेले बताउनुभयो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...