तामाङको १२ बर्ष अघि हत्या गरेर फरार २ जना पक्राउ

Written by meropradesh creator

११ मंसिर २०७८, शनिबार

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले १२ बर्ष अघि हत्या गरेर फरार रहेका खाँडादेवी गाउँपालिका–१ राकाथुमका ज्ञान बहादुर तामाङ र उनका छोरा जयराम तामाङलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा १२ बर्ष अघि निखिल भन्ने तिर्थमान दोङ (तामाङ)को हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनिहरु दुई जनालाई प्रकाउ गरेको हो । काभ्रे तेमाल गाउँपालिका–९ मेच्छेपौवाका २९ बर्षिय दोङको राकाथुममा २०६६ साल कात्तिक ९ गते हत्या भएको थियो ।
तामाङको हत्या भएपछि काभ्रे मेच्छेपौवाका पृथीमान दोङले प्रहरी समक्ष किटानी जाहेरी दिएका थिए । लामो समयसम्म घटनाको दोषी पत्ता लाग्न नसकेको भन्दै पीडित परिवारले प्रहरी समक्ष गुनासो गर्दै आएका थिए ।
पीडित परिवारले बारम्बार गुनासो गर्दै आएपछि जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएका थिए । तामाङको हत्यामा संलग्न भएको आरोपमा खाँडादेवी गाउँपालिका–१ राकाथुमका ज्ञान बहादुर तामाङ र उनका छोरा जयराम तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका बाबु छोरा सहितको समुहले निखिललाई व्यक्तिगत रिसिइबी भएकाले खुकुरी र तरबार प्रहार गरेर हत्या गरेको प्रहरी समक्ष पीडित परिवारले किटानी जाहेरी दिएको थियो । निर्मम तरिकाले हत्या गरेको कर्तब्य ज्यान मुद्दाका फरार रहेका दुवै जनालाई शनिबार जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
ज्ञान बहादुर तामाङलाई राकाथुमबाट र उनका छोरालाई काभ्रेको धुलिखेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले जानकारी दिए । ढुंगानाका अनुसार १२ बर्षपछि फरार रहेका दुई जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । लामो समयको अनुसन्धान पछि फरार आरोपीलाई पक्राउ गर्न सफल भएको ढुंगानाले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

मन्थली, ५ बैशाख । जिल्ला सहकारी संघ रामेछापको आयोजनामा शनिबारदेखि सहकारी संस्थाका लागि ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने...

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदका १२ वटा संसदीय समितिको सभापति चयनका लागि प्रक्रिया अघि बढेको छ । यसै क्रममा, महत्वपूर्ण मानिने अर्थ समितिको सभापतिमा रामेछापका सांसद डा. कृष्णहरि बुढाथोकी सिफारिस हुनुभएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्ने बुढाथोकीलाई...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...