रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले १२ बर्ष अघि हत्या गरेर फरार रहेका खाँडादेवी गाउँपालिका–१ राकाथुमका ज्ञान बहादुर तामाङ र उनका छोरा जयराम तामाङलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा १२ बर्ष अघि निखिल भन्ने तिर्थमान दोङ (तामाङ)को हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनिहरु दुई जनालाई प्रकाउ गरेको हो । काभ्रे तेमाल गाउँपालिका–९ मेच्छेपौवाका २९ बर्षिय दोङको राकाथुममा २०६६ साल कात्तिक ९ गते हत्या भएको थियो ।
तामाङको हत्या भएपछि काभ्रे मेच्छेपौवाका पृथीमान दोङले प्रहरी समक्ष किटानी जाहेरी दिएका थिए । लामो समयसम्म घटनाको दोषी पत्ता लाग्न नसकेको भन्दै पीडित परिवारले प्रहरी समक्ष गुनासो गर्दै आएका थिए ।
पीडित परिवारले बारम्बार गुनासो गर्दै आएपछि जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएका थिए । तामाङको हत्यामा संलग्न भएको आरोपमा खाँडादेवी गाउँपालिका–१ राकाथुमका ज्ञान बहादुर तामाङ र उनका छोरा जयराम तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका बाबु छोरा सहितको समुहले निखिललाई व्यक्तिगत रिसिइबी भएकाले खुकुरी र तरबार प्रहार गरेर हत्या गरेको प्रहरी समक्ष पीडित परिवारले किटानी जाहेरी दिएको थियो । निर्मम तरिकाले हत्या गरेको कर्तब्य ज्यान मुद्दाका फरार रहेका दुवै जनालाई शनिबार जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
ज्ञान बहादुर तामाङलाई राकाथुमबाट र उनका छोरालाई काभ्रेको धुलिखेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले जानकारी दिए । ढुंगानाका अनुसार १२ बर्षपछि फरार रहेका दुई जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । लामो समयको अनुसन्धान पछि फरार आरोपीलाई पक्राउ गर्न सफल भएको ढुंगानाले बताए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...