रामेछाप । तामाकोशी नदिको किनारामा पानीको सतह आजदेखी केहिदिन सम्मकोलागी घटबढ हुने भएको छ । माथील्लो तामाकोशी जलबिद्युत आयोजनाले एक सुचना निकाल्दै केहि दिन तामाकोशी नदी किनारामा नबस्न आग्रह गरेको हो । दोलखाको बिगु गाउँपालिका १ लामाबगरमा निर्माणधीन ४ सय ५६ मेगावाट क्षेमताको जलबिद्युत उत्पादनको तयारीमा रहेको र बैशाख ८ गते देखी भरीएको पानी खोल्ने र बन्द गर्ने भएको हुदा नदि किनारमा पानीको सतह घट बढ भइरहने हुदा नदी किनारामा नबस्न माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले आग्रह गरेको छ । आजदेखी मुख्य सुरुङको परिक्षणको लागी पानी पठाउने कार्यक्रम रहेकाले सो परिक्षणको क्रममा माथिल्लो तामाकोशीको बाँधमा नदीको पानी रोक्ने र छाड्ने कार्यहरु गरिरहनु पर्ने र कुनै बेला एकै पटक धेरै मात्रामा पानी छाड्न पर्ने भएकाले बाँध देखी तल्लो तटिय क्षेत्रमा नबस्न आग्रह गरेको हो । आयोजनाले तामाकोशी नदिको किनारामा पर्नेे लामाबगर, छेतछेत,गोगर,जगत,मन्थली,टुनिटार,जमुने, झोर्ले, सिंगटी लगाएत स्थानमा नदिकीनारमा बसोबास गर्ने नागरीक हरुलाई नदी किनारमा नजान र जान नदिन भनेको छ ।
a