स्ववियु सभापतिका उमेरद्वार कार्की द्वारा प्रतिवद्धता पत्र सार्वजनिक

Written by meropradesh creator

३ चैत्र २०७९, शुक्रबार

रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा संयुक्त गठबन्धनको तर्फबाट उम्मेद्वारी दर्ता गराएको अविनाश कार्कीको प्यानलले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा नेपाली कांग्रेस निकट बिद्यार्थी संगठन (नेविसंघ) नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन( अखिल क्रान्तिकारी) नेकपा समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुको तर्फ बाट स्ववियु सभापतीका उमेरदवार बनेका कार्कीको समुहले विहिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी गठबन्धनको प्यानलले निर्वाचन जितेमा आगामी कार्यकालमा गर्ने काम सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।


प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रामेछापका जिल्ला सदस्य दिपेन्द्र खड्काले नेपालको शिक्षालाई गुणस्तरीय शिक्षा बनाउनको लागि नेविसंघको नेतृत्वमा रहेको संयुक्त गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए । उनले मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा संयुक्त गठबन्धनको जित निश्चित रहेको प्रतिक्रिया दिदैँ आगामी दिनमा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा शैक्षिक गुणस्तर र विद्यार्थीहरुको हकहितमा काम हुने धारणा व्यक्त गरे ।

त्यस्तै नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य शिशिर खड्गीले अहिलेको आवश्यकता नै गठबन्धनको भएको बताउँदै चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पनि गठबन्धनले जित्ने दावी गर्दै स्ववियुमा भएको गठबन्धनले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्ने बताए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ रामेछापका अध्यक्ष विनोद बुढाथोकी, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य भिष्माराज चौलागाई, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतले धारणा राखेका थिए ।
प्रतिवद्धता पत्र सार्वजनिक गर्दै संयुक्त गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका अविनाश कार्कीले स्वतन्त्र विद्यार्थी युनियनले देशको गुणस्तरीय शिक्षाको लागि खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै विगत देखि खेलेको भूमिकालाई निरन्तरता दिने प्रतिवद्धता जनाउँदै आगामी दिनमा आफूहरु विद्यार्थीकै हकहितमा काम गर्ने बताए ।

संयुक्त गठबन्धनको तर्फबाट सार्वजनिक भएको प्रतिवद्धता पत्रमा आधुनिक प्रविधि युक्त कक्षाकोठा निर्माणमा पहल गरिनेदेखि अनलाइन सिकाइलाई व्यवस्थित र नियमित बनाइने प्रतिवद्धता पत्रमा उल्लेख छ । त्यस्तै दलित, जेहेन्दार, गरिव, अशाह्य तथा अशक्त विद्यार्र्थीहरुको लागि उचित छात्रवृत्तिको व्यवस्था गरिने पनि प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...