रामेछाप । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सबै विद्यार्थीहरुले विद्यार्थीलाई साथ दिने बताएका छन् । बिहिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गर्दै नेविसंघ, अखिल क्रान्तीकारी र अनेरास्ववियु सयुक्तको तर्फ बाट स्ववियु सभापतिका साझा उमेरदवारी दिएका अविनाश कार्कीले बिद्यार्थीले बिद्यार्थीलाई मात्र साथ दिने बताएका छन् ।
नेता बन्न र चुनाब जित्ने उदेश्यले क्याम्पसमा भर्ना भएर जागिरे जिवन बिताएर बसेका काका बा जस्ता ब्यक्तिलाई बिद्यार्थीले साथ नदिने बताएका छन् । जो ब्यक्ति बर्ष दिनमा एक पटक क्याम्पस आउछ त्यो पनि भर्ना गर्न । हुने सम्म भर्ना गर्न पनि आफु नआएर फोनमा भर्ना गर्छ । त्यस्तो ब्यक्तिलाई मन्थली सहित स्मृति बहुमुखी क्याम्पसका कुनै पनि बिद्यार्थीले साथ दिदैन कार्कीले भने ।
पत्रकार सम्मेलनमा बोल्दै कार्कीले भने जो क्याम्पस बर्षमा एक दिन उपस्थित हुदैन त्यस्ता ब्यक्तिलार्य बिद्यार्थीको समस्या थाहा हुन्न । त्यसकारण पनि बिद्यार्थीले आफ्नो टिमलाई साथ दिने बताएका छन् ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादीका नेताहरुले अविनाश कार्कीको समुहलाई जिताउन आग्रह समेत गरेका छन् । नेताहरुले क्याम्पसको संरक्षण गर्न र शिक्षाको गुणस्तरमा आवाज उठाउन बिद्यार्थीले मात्र सक्ने भन्दै अविनाश कार्कीको समुहलाई सहयोग गर्न सयुक्त अपिल गरेका छन् । अघिल्लो पटक पनि क्याम्पसमा नआउने ब्यक्तिलाई उमेरदवार बनाएर अनेरस्ववियुले चुनाबमा निर्वाचित गराए पनि निर्वाचन पछी क्याम्पसमा नजादा क्याम्पसमा बिद्यार्थीहरुले समस्या झेल्न परेको बताए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...