स्वरोजगार मुलक तालीम मन्थलीमा सम्पन्न

Written by meropradesh creator

३ चैत्र २०७७, मंगलवार

रामेछाप । मन्थली नगरपालिकाले अपाङ्गता भएका ब्यक्तीहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उदेश्यले सञ्चालन गरेको १५ दिने कुसन तथा खेलौना बनाउने बनाउने तालीम सम्पन्न भएको छ । मन्थली नगरपालीकाले अपाङ्गता भएका ब्यक्तिहरुका लागी फागुन १७ गते बाट १५ दिने सिप मुलक तालीम सञ्चालन गरेको थियो । उक्त तालीममा नगरपालिका भित्रका ११ जना अपाङ्गता भएका ब्यक्तिहरुको सहभागीता रहेको थियो । नगरपालिकाले आफना वडा भित्र अपाङ्गता भएका ब्यक्तिहरुलाई शिपमुलक तालीम मार्फत स्वरोजगार बनाउने उद्देश्यले कुसन र खेलौना वनाउने तालीम उपल्ब्ध गराएको हो ।


उक्त तालीममा मन्थली नगरपालीकाका विभिन्न वडाका अपाङ्गता भएका ११ जनाको सहभागिता रहेको थियो । आबासिय रुपमा संचालन गरिएको तालीमका लागि नगरले २ जना प्रशिक्षकको ब्यवस्था गरेको थियो । तालीममा बजारमा चलेका चार प्रकारका खेलौनाहरु बनाउन सिकाईएको र सिप पछी आफुहरु निकै उत्साहित भएको सहभागिहरुले बताएका छन् । उनिहरुले नगरपालीकाले दिएको तालीमले केहि गर्ने र आत्मनिर्भर बन्ने बिश्वास पलाएको भन्दै आफुहरुका लागि यो तालीम सार्थक भएको धारणा राखेका छन ।
गत फागुन १७ बाट संचालन भएको उक्त तालीमको सोमबार एक समारोहका विच समापन गरिएको छ । नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत लिला राज पौडेलले सहभागिको माग र ईच्छा शक्तिका आधारमा उनिहरुलाई पुर्नताजगि तालीम र ब्यवसायीकताका लागि आर्थिक सहयोग दिन सकिने बताउनु भयो । अपाङ्ग सचेतन सेवा केन्द्रका अध्यक्ष बद्री नयाँघरेको प्रमुख आतिथ्यतामा भएको तालीम समापन कार्यक्रमका सहभागि हरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

रामेछाप – नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रामेछाप जिल्लाबाट रामचन्द्र खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार लामो समय संगठनात्मक नेतृत्वमा सक्रिय खड्कालाई जिम्मेवारी दिइएको हो ।...

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

काठमाडौं । नेपाली कांग्रेसको सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अझै बस्न नसक्दा पार्टीका तर्फबाट उम्मेदवारहरू औपचारिक रूपमा सार्वजनिक हुन सकेका छैनन्। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केही निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगिए पनि संसदीय...

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले रामेछापमा केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ (कुसल) लाई उम्मेदवार बनाएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापका लागि पार्टीले श्रेष्ठलाई उम्मेदवारका रूपमा सिफारिस...