स्वरोजगार मुलक तालीम मन्थलीमा सम्पन्न

Written by meropradesh creator

३ चैत्र २०७७, मंगलवार

रामेछाप । मन्थली नगरपालिकाले अपाङ्गता भएका ब्यक्तीहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उदेश्यले सञ्चालन गरेको १५ दिने कुसन तथा खेलौना बनाउने बनाउने तालीम सम्पन्न भएको छ । मन्थली नगरपालीकाले अपाङ्गता भएका ब्यक्तिहरुका लागी फागुन १७ गते बाट १५ दिने सिप मुलक तालीम सञ्चालन गरेको थियो । उक्त तालीममा नगरपालिका भित्रका ११ जना अपाङ्गता भएका ब्यक्तिहरुको सहभागीता रहेको थियो । नगरपालिकाले आफना वडा भित्र अपाङ्गता भएका ब्यक्तिहरुलाई शिपमुलक तालीम मार्फत स्वरोजगार बनाउने उद्देश्यले कुसन र खेलौना वनाउने तालीम उपल्ब्ध गराएको हो ।


उक्त तालीममा मन्थली नगरपालीकाका विभिन्न वडाका अपाङ्गता भएका ११ जनाको सहभागिता रहेको थियो । आबासिय रुपमा संचालन गरिएको तालीमका लागि नगरले २ जना प्रशिक्षकको ब्यवस्था गरेको थियो । तालीममा बजारमा चलेका चार प्रकारका खेलौनाहरु बनाउन सिकाईएको र सिप पछी आफुहरु निकै उत्साहित भएको सहभागिहरुले बताएका छन् । उनिहरुले नगरपालीकाले दिएको तालीमले केहि गर्ने र आत्मनिर्भर बन्ने बिश्वास पलाएको भन्दै आफुहरुका लागि यो तालीम सार्थक भएको धारणा राखेका छन ।
गत फागुन १७ बाट संचालन भएको उक्त तालीमको सोमबार एक समारोहका विच समापन गरिएको छ । नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत लिला राज पौडेलले सहभागिको माग र ईच्छा शक्तिका आधारमा उनिहरुलाई पुर्नताजगि तालीम र ब्यवसायीकताका लागि आर्थिक सहयोग दिन सकिने बताउनु भयो । अपाङ्ग सचेतन सेवा केन्द्रका अध्यक्ष बद्री नयाँघरेको प्रमुख आतिथ्यतामा भएको तालीम समापन कार्यक्रमका सहभागि हरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...