स्वास्थ्यको बिषयमा महिलाहरुलाई अनुशिक्षण

Written by meropradesh creator

२६ चैत्र २०७७, बिहीबार

रामेछाप । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र रामेछाप र नेपाल मगर महिला संघ जिल्ला समन्वय समिति रामेछापको आयोजना तथा शुभ जीवन हस्पिटल प्रा.लि.खुर्कोटको सहयोगमा सदरमुकाम मन्थलीमा एकदिने महिला स्वास्थ्य सम्वन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
महिलाहरुको स्वास्थ्यमा कस्ता–कस्ता समस्याहरु आउँन सक्छन् र यसवाट जोगिन के–कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने उद्धेश्यले त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र र नेपाल महिला मगर संघले शुभ जीवन हस्पिटल खुर्कोटसँग सहकार्य गरेर उक्त अनुशिक्षण कार्यक्रम संचालन गरेको हो । एक दिने अनुशिक्षण कार्यक्रममा शुभ जीवन हस्पिटल प्रा.लि.का संञ्चालक डा.राजन न्यौपानेले सहभागी महिलाहरुलाई के–कसरी रोगहरु लाग्न सक्छन् र यसवाट बच्न के–कस्ता सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा जानकारी गराएका थिए ।


अनुशिक्षण कार्यक्रममा सहभागी महिलाहरुलाई रोग लाग्नवाट कसरी जोगिन सकिन्छ, परिवार नियोजन भनेको के हो ?, स्तनमा क्यान्सर कसरी हुन्छ र यसवाट जोगिने उपायहरु के–के छन्, स्तनमा आउँने सामान्य गाठागुठी के कारणले आउँछ र यसले कस्तो असर पार्न सक्छ साथै महिलाहरुको आङ्ग खस्ने समस्या कसरी हुन्छ र यसवाट जोगिन के कस्ता सावधानीहरु अपनाउनु पर्छ लगाएतका महिलाहरुमा देखिने विभिन्न समस्याका बिषयमा सहभागीहरुलाई जानकारी गराइएको शुभ जीवन हस्पिटल खुर्कोटका डा.राजन न्यौपानेले जानकारी दिए ।


त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र र नेपाल महिला मगर संघले विभिन्न निकायहरुसँग सहकार्य गरेर धार्मिक कार्यक्रमहरुमा सहभागीता जनाउँदै आएको छ । यसवाहेक यी दुई संस्थाहरु मिलेर जिल्लाका विभिन्न स्थानहरुमा महिलाहरुको स्वास्थ्यमा देखिने विभिन्न समस्याहरुको बिषयमा शुभजीवन हस्पिटलसँग सहकार्ग गरेर केही समयभित्र मन्थली नगरपालिकाको वडा नं–१३ र १४ को फुलासी र रामेछाप नगरपालिकाको रामेछापमा महिलाहरुको स्वास्थ्यको बिषयमा अनुशिक्षण कार्यक्रम सञ्चालन गर्ने त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र रामेछापकी अध्यक्ष पार्बती कार्कीले जानकारी दिइन ।
उनले भनिन्– हाम्रो संस्था निन्तान्त धार्मिक संस्था भएकाले हामीले जिल्लाका विभिन्न मठमन्दीरमा धार्मिक कार्यक्रमहरु सञ्चालन गर्ने, विभिन्न चाडपर्वहरुमा मन्दीरमा जाने भक्तजनहरुलाई प्रसाद वितरण गर्ने, जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने र मन्दीरमा विभिन्न सामाग्रीहरु सहयोग गर्ने जस्ता कार्यक्रमहरु गर्दै आएका छौं । यसवाहेक सदरमुकाम लगाएतका धेरै पालिकाहरुमा महिलाहरुको स्वास्थ्यमा देखिने सामान्य रोगहरुवाट महिलाहरु बढी मात्रामा आत्तिने र आफ्नो स्वास्थ्यको बिषयमा स्वास्थ्य संस्थासम्म पुगेर खुलेर भन्न नसक्दा धेरै रोगहरु पालेर बस्नु पर्ने समस्या बढ्दै गएकाले यसलाई न्युनिकरण गर्न विभिन्न स्वास्थ्य संस्थाहरुसँग मिलेर अनुशिक्षण कार्यक्रम संञ्चालन गर्ने कार्यक्रम समेत अघि वढाएको संस्थाकी अध्यक्ष कार्कीले बताइन ।

अनुशिक्षण कार्यक्रममा सदरमुकाम मन्थली आसपासका गरि करिव ४० जना महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी महिलाहरुले स्वास्थ्य सम्वन्धित अनुशिक्षण कार्यक्रमले आफुहरुलाई धेरै रोगहरुको बिषयमा जानकारी पाएको र रोग लाग्न नदिन के कस्ता सावधानीहरु अपनाउनु पर्ने रहेछ भन्ने समेत थाहा पाएको एक सहभागीले जानकारी दिए ।

 

 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने भएको छ । गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक १ माघमा ललितपुरको कुपन्डोलमा बस्ने तय भएको हो । महामन्त्री प्रदीप पौडेलको...

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले पार्टी एकताको पक्षमा अभिमत प्रकट गर्न सबैमा आग्रह गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित तीन जना नेतालाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही...

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

रामेछाप। नेपाल टेलिकमको टावर निर्माणको काम अधुरै छोडेर ठेकेदार सुवास पौडेल सम्पर्कविहीन भएपछि रामेछापका करिब १ दर्जन मजदुर अलपत्र परेको खुलेको छ। जिम्मेवारी दिने बेलामा सक्रिय भएका निर्माण व्यवसायि पौडेल काम अधुरो रहँदा सम्पर्कविहीन भएका छन् । यस्तो गैरजिम्मेवार...