स्वास्थ्य मन्त्री पौडेल -औषधी र स्वास्थ्य सामाग्री लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा 

रामेछाप । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल बाढी पहिरो प्रभावित क्षेत्रमा औषधी र स्वास्थ्य सामाग्री लिएर पुगेका छन् । काभ्रेको पनौती नगरपालिका १२ भुमिडाँडामा आवश्यक औषधी र स्वास्थ्य सामाग्री लिएर मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी सहित स्वास्थ्यमन्त्री पौडेल पुगेका हुन् ।

जनस्वास्थ्य कार्यालय काभ्रे, मेथिनकोट अस्पताल, पनौती नगरपालिका स्वास्थ्य शाखाका चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गरिरहेको छ । त्यहाँ रहेको स्वास्थ्य चौकी पनि बाढीले बगाएपछि त्रिपालमा अस्थायी स्वास्थ्य चौकी सञ्चालनमा रहेको छ ।

नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका वाग्मती प्रदेशका पूर्वमन्त्री तिर्थ लामा, पनौती नगर प्रमुख रामशरण भण्डारी, नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाल, गुणराज मोक्तान, प्रवक्ता सन्तमान तामाङ, क्षेत्रीय सभापति चन्द्रबहादुर लामासहित पुगेका मन्त्री पौडेलले उक्त स्थानका लागि आवश्यक स्वास्थ्य सामाग्री सहित आफू आएको बताएका छन् । प्रभावित क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा दिन सरकार प्रतिवद्ध रहेको जनाउँदै आवश्यक थप सामाग्री तत्काल उपलव्ध गराउने प्रतिवद्धता समेत स्वास्थ्य मन्त्री पौडेलले जनाएका छन् । उनले विपदको समयमा पानीजन्य महामारी हुन सक्ने भन्दै त्यसको लागि पनि मन्त्रालयमार्फत सामाग्रीहरु उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

“ग्ल्यामर र घाम–दुवैमा चम्किने” चाहना प्रधान: मिस ग्रान्ड नेपाल २०२५ की बलियो दावेदार

“ग्ल्यामर र घाम–दुवैमा चम्किने” चाहना प्रधान: मिस ग्रान्ड नेपाल २०२५ की बलियो दावेदार

रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ की चाहना प्रधान मिस ग्रान्ड नेपाल २०२५ मा प्रभावशाली उपस्थिति जनाउँदै, विजेताको पहिलो दावेदारको रूपमा अगाडि बढिरहेकी छन्। आत्मविश्वास, सशक्त अभिव्यक्ति, सौन्दर्य र प्रतिभाको संगमले उनले प्रारम्भिक चरणबाटै निर्णायकहरूको ध्यान तानेकी...

खाँडादेवी मन्दिरको व्यवस्थापनमा कडाइ, विकास कोषको तेस्रो बैठकले गर्‍यो महत्त्वपूर्ण निर्णयहरू

खाँडादेवी मन्दिरको व्यवस्थापनमा कडाइ, विकास कोषको तेस्रो बैठकले गर्‍यो महत्त्वपूर्ण निर्णयहरू

रामेछाप— ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने खाँडादेवी मन्दिरको संरक्षण र व्यवस्थापनमा थप कडाइ गरिने भएको छ। खाँडादेवी विकास कोषको तेस्रो बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै मन्दिर क्षेत्रलाई व्यवस्थित र अनुशासित बनाउने तयारी अघि बढाएको हो। कोषका...

समाचारकै कारण पत्रकार पाठकलाई पक्राउ गर्न प्रहरी घरमै पुग्यो, प्रेस काउन्सिल र महासंघसँग सहयोगको याचना

समाचारकै कारण पत्रकार पाठकलाई पक्राउ गर्न प्रहरी घरमै पुग्यो, प्रेस काउन्सिल र महासंघसँग सहयोगको याचना

काठमाडौं — पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न साइबर ब्युरोको प्रहरी टोली बुधबार दिउँसो उहाँको धुम्बाराहीस्थित निवासमा पुगेको छ। काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी टोली उहाँलाई पक्राउ गर्न घरमै गएको हो ।तर मोबाइल फोन बन्द गरेर घरमै बसेका पाठकलाई...