स्वास्थ्य मन्त्री पौडेल -औषधी र स्वास्थ्य सामाग्री लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा 

रामेछाप । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल बाढी पहिरो प्रभावित क्षेत्रमा औषधी र स्वास्थ्य सामाग्री लिएर पुगेका छन् । काभ्रेको पनौती नगरपालिका १२ भुमिडाँडामा आवश्यक औषधी र स्वास्थ्य सामाग्री लिएर मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी सहित स्वास्थ्यमन्त्री पौडेल पुगेका हुन् ।

जनस्वास्थ्य कार्यालय काभ्रे, मेथिनकोट अस्पताल, पनौती नगरपालिका स्वास्थ्य शाखाका चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गरिरहेको छ । त्यहाँ रहेको स्वास्थ्य चौकी पनि बाढीले बगाएपछि त्रिपालमा अस्थायी स्वास्थ्य चौकी सञ्चालनमा रहेको छ ।

नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका वाग्मती प्रदेशका पूर्वमन्त्री तिर्थ लामा, पनौती नगर प्रमुख रामशरण भण्डारी, नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाल, गुणराज मोक्तान, प्रवक्ता सन्तमान तामाङ, क्षेत्रीय सभापति चन्द्रबहादुर लामासहित पुगेका मन्त्री पौडेलले उक्त स्थानका लागि आवश्यक स्वास्थ्य सामाग्री सहित आफू आएको बताएका छन् । प्रभावित क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा दिन सरकार प्रतिवद्ध रहेको जनाउँदै आवश्यक थप सामाग्री तत्काल उपलव्ध गराउने प्रतिवद्धता समेत स्वास्थ्य मन्त्री पौडेलले जनाएका छन् । उनले विपदको समयमा पानीजन्य महामारी हुन सक्ने भन्दै त्यसको लागि पनि मन्त्रालयमार्फत सामाग्रीहरु उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...