सवारी दुर्घटना हुँदा हेटौंडामा पाँच जना घाइते

Written by meropradesh creator

१ जेष्ठ २०८०, सोमबार

मकवानपुर । आज बिहान छुट्टा छुट्टाई स्थानमा भएको सवारी दुर्घटनामा परि ५ जना घाइते भएका छन् । भने घाइते मध्य २ जनाको अवस्था गम्भिर रहेको छ । जिल्लाको हेटौंडा–३ र हेटौंडा–४ मा भएको दुर्घटनामा परेर पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहान साढे १ बजेको समयमा हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बीआर ०१ एफ ०५९५३ नम्वरको ईन्डियन माटरसाइकल पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा–३ मा दुर्घटना हुँदा दुई जना पुरुष गम्भीर घाइते भएका हुन् ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक भारत बिहार मोतिहारी बस्ने वर्ष ३० को बिशाल कुमार सिंह र मोटरसाइकलमा सवारी सोही ठाउँ बस्ने वर्ष ५० को श्याम देब ठाकुर रहेका छन् । घाइते दुबै जनाको अवस्था गम्भीर रहेको र उनीहरुको हेटौंडा–११, थानाभर्याङस्थि चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
यस्तै, आज बिहान नै हेटौंडा–४, बुद्धचोक नजिकै कान्तिलोकपथ सडकखण्डमा चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०३००१ प ६५६० नम्वरको मोटरसाइकल आफै अनियन्त्रत भई सोही स्थानमा ना.४ ख ७४७२ न.को ट्रक रोकी समान झार्दै गरेको कामदार हेटौंडा–४ बस्ने ४३ वर्षीय कान्छालाल जिम्बालाई ठक्कर दिँदा घाइते भएका छन् ।
यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकल चालक मकवानपुरको हेटौंडा–६, न्युरेनी बस्ने वर्ष ३९ को सफल अधिकारी र धरान घर भई हाल हेटौंडा–५, सानोपोखरा डेरा गरी बस्ने वर्ष २८ की भावना मगर पनि घाइते भएको प्रहरी निरीक्षक कार्कीले बताए । उनका अनुसार, दुर्घटनामा परेर घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेका छन् । प्रहरीले दुबै घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...