सुत्केरी र गर्भवती महिलाले सहज रुपले स्वास्थ्य सेवा पाएनन्

Written by meropradesh creator

११ जेष्ठ २०७८, मंगलवार

रामेछाप । कोरोना महामारीका कारण रामेछापका सुत्केरी, गर्भवती महिलाहरुले सहज रुपमा स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गरेका  छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण जिल्लाका सरकारी र निजी अस्पतालमा उपचार लिन आउने सेवाग्राही बढी मात्रामा कोरोना संक्रमितहरु आउने भएपछि गर्भवती र सुत्केरी महिलाहरुले सहज रुपमा सेवा पाउन सकेका छैनन् । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएपछि अस्पतालहरुमा कोरोना संक्रमितहरुले भरिभराउँ भएका छन् । जसकाकारण सुत्केरी र गर्भवती महिलाहरुले अस्पतालमा गएर सहज तरिकाले सेवा पाउँन नसकेका हुन् ।

दैनिक रुपमा कोरोना संक्रमितको दर बृद्धि भएकाले जिल्ला अस्पताल रामेछापले जिल्लाका अधिकासं स्वास्थ्य संस्थाहरुमा उपचार लिन आउने गर्भवती र सुत्केरी महिलाहरुलाई भरसक अस्पतालमा नआउन आग्रह गरेको छ । सुत्केरी र गर्भवती महिलाहरुको स्वास्थ्यमा जटिल समस्या आएको खण्डमा मात्रै अस्पताल आउन सवै गर्भवती र सुत्केरी महिलाहरुलाई जानकारी गराएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.जितेन्द्रकुमार कर्णले जानकारी दिए ।

उनले भने– यसअघि जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिका गरि ८ वटै स्थानिय तहहरुमा रहेका वर्थिङ्ग सेन्टरवाट गर्भवति महिला र सुत्केरी महिलाहरुलाई सेवा प्रदान गर्दै आएकोमा कोरोनाले गर्दा केही उनीहरुलाई उपचार लिन समस्या भएको हुनसक्ने डा.कर्णले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...