सुशासन र समृद्धिको लागी मेरो उम्मेदवारी ः बोहोरा

Written by meropradesh creator

१९ बैशाख २०७९, सोमबार

रामेछाप । नेपाली कांग्रेस मन्थली नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार गणेश बहादुर बोहोराले वडामा सुशासन ल्याउन र समृद्ध वडा वनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । वडामा बिभिन्न खाले विकृती फैलिएको र वडामा बेरोजगार युवाहरुको संख्या बढ्दै गएकोले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

अभिभावकले सन्तानको भविष्यको लागी र युवाहरुले आफ्नो भविष्य सुरक्षित गर्नको लागी पनी आफुलाई मन्थली ११ का नागरीकले मतदान गरेर निर्वाचित गराउने बोहोराले बताएका छन् । मन्थली नगरपालिकामा पछिल्लो पुस्ताका युवाहरु कुलत तर्फ लाग्ने क्रम दिन दिनै बढ्दै गएकोले त्यसको रोकथाम र नियन्त्रणको लागी आफु बाहेक अरुले रोक्न नसक्ने वडा अध्यक्षका उम्मेदवार बोहोराले बताए ।

आफु शिक्षक पेशा बाट आएको कारण वडा भरिका युवा र वालबच्चाकोे भविष्यको चिन्ता र चासो अभिभाबक लाई जतिकै आफुलाई पनी हुने भएकोले वडामा सबै भन्दा पहिला सुशासन ल्याउन लागी पर्ने बताएका छन् । जब सम्म सुशासन हुदैन तब सम्म वडा मात्र नभएर घरमा पनी समृद्धि नआउने बताए । सुशासन लागु भए संगै विकासले आफै मुहार फेर्ने उनले भनाई छ ।

वडा अध्यक्षका उम्मेदवार बोहोराले भने ५ वर्ष अघिको बिकास र अहिलेको बिकास हेर्ने हो भने कुनै परिर्वतन भएको छैन् । जुन सडक ५ वर्ष अघि बनेका थिए त्यस पछी अन्य सडक खने पनी सवारी साधन चल्ने अवस्थामा छैन । ५ वषमा ५ करोड भन्दा वढी रकम वडा मार्फत खर्च भएको अवस्थामा वडामा कुनै परिवर्तन नआएकोले बिकास निर्माणको लागी पनी आफ्नो उम्मेदवारी आवश्यक रहेको बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज दिउँसो दुई बजे बस्दै छ । संसदीय दलको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ...

नक्कली कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

नक्कली कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

काठमाडौं । नक्कली कागजपत्र बनाउने कारखानामा प्रहरीले छापामार्दा तिन जना प्रक्राउ गरेका छन् । रसरकारी तथा बैंक वित्तिय संस्थाका काजातहरू कागजपत्र नक्कली बनाउने कारखानामा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा गोरखाको भीमसेन थापा गाउँपालिका–१...

प्रदेश खेलकुद अवाड गर्दै बागमती प्रदेश सरकार

प्रदेश खेलकुद अवाड गर्दै बागमती प्रदेश सरकार

हेटौँडा । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले प्रदेश खेलकुद अवार्ड २०८२ आयोजना गर्ने भएको छ । खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।बिहीबार हेटौडामा...