सुर्के माविलाई पराजित गर्दै काकलिङ माविको हातमा उपाधि

Written by meropradesh creator

४ चैत्र २०७७, बुधबार

रामेछाप– दोरम्बा गाउँपालिकाद्धारा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सुर्के माविलाई पराजित गर्दै महिला भलिबलतर्फको खेल काकलिङ माविले हात पारेको छ । महिलातर्फको भलिबल प्रतियोगिता अन्तर्गत काकललिङ माध्यमिक विद्यालयले सुर्के माध्यमिक विद्यालयलाई पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो ।


त्यसैगरी गरी काराँतेतर्फ भएको खेलमा ४० केजी समूहमा काकलिङ माध्यमिक विद्यालय दोरम्बाका मिङ्मा माङ्जी शेर्पा प्रथम भएकी छन् भने कण्ठेश्व माध्यमिक विद्यालयका आशा थापामगर द्धितीय भएकी छिन् ।


४२ केजी समूहमा काकालिङ माध्यमिक विद्यालयका सुमन श्रेष्ठ प्रथम भएका छन् भने कण्ठेश्वर माध्यमिक विद्यालयका श्रीराम श्रेष्ठ द्धितीय भएका छन् ।
४५ केजी समूहमा सेतिदेवि माध्यमिक विद्यायको कल्पना श्रेष्ठ प्रथम भएकी छन् भने कण्ठेश्वर माध्यमिक विद्यालयको चेलीमाय श्रेष्ठ द्धितीय भएकी छन् ।
त्यस्तै गरी ४७ केजी समूहमा कण्ठेश्वर माध्यमिक विद्यालयका संगम कडेल प्रथम भएका छन् भने कण्ठेश्वर माध्यमिक विद्यालयकै डेकेन कडेल द्धितीय भएका छन् । ५० केजी समूहमा कण्ठेश्वर माध्यमिक विद्यालयका अस्मिता थापामगर प्रथम भएकी छन् भने कण्ठेश्वर माध्यमिक विद्यालयकै सजिना कडेल द्धितीय भएकी छन् । ५२ केजी समूहमा सेतिदेवि माध्यमिक विद्यायका रामचन्द्र नगरकोटी प्रथम भएका छन् भने कण्ठेश्वर माध्यमिक विद्यालयका उत्तम थामी द्धितीय भएका छन् ।


प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको पहिलो दिन कपर्डी प्रतियोगिता अन्तर्गत दुई खेल भएका छन् । जसमा अन्तर्राष्ट्रिय युवा वर्ष माध्यमिक विद्यालय र खारपानी माध्यमिक विद्यालयबीच भएको खेलमा अन्तर्राष्ट्रिय युवा वर्ष माविले ४२ अंक पाएको छ भने खारपानीले २५ अंग प्राप्त गरेको छ । त्यसैगरी कण्ठेश्वर माध्यमिक विद्यालय र सेतिदेवि माध्यमिक विद्यालयबीच भएको खेलमा कण्ठेश्वर माध्यमिक विद्यालय ४५ अंक र सेतीदेवि माविले १८ अंक पाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...