रामेछाप । राष्ट्रिय गौरवको सुनकोसी–मरिन ड्राइभर्सन आयोजनाको काम सुरु भएको छ । खन्न सुरु गरेको २७ महिनाभित्र १३.३ किलोमिटर सुरुङ सम्पन्न गर्ने लक्ष्यको साथ काम अगाडि बढाउन लागिएको आयोजनाले बताएको छ । मध्य तराईको जमिनमा सिचाइँ पु¥याउने मुख्य उदेश्य सहित सरकारले उच्च प्राथमिकताको साथ आयोजनाको काम अगाडि बढाएको छ ।
सुनकोसी मरिन ड्राइभर्सन आयोजनाका प्रमुख सुशिल आचार्यले सिन्धुलीतर्फ १९.६ हेक्टर जमिनको मुअब्जा वितरणको काम करिब सम्पन्न भइसकेको बताएका छन् । रामेछापतर्फको २९.८ हेक्टर जमिन रोक्का राखेर मुअब्जा वितरण गर्न मुल्याडकन समिति माफर्त काम भइरहेको आचार्यले बताएका छन । उनका अनुसार रामेछापमा ३ सय ९१ जना जग्गा धनीले मुअब्जा पाउने बताएका छन् । सुनकोसी–मरिन ड्राइभर्सन आयोजनामा नौ वटा घर टहरा डुबानमा पर्ने उनले बताए । उनले यस बर्षभित्र प्रभावित बासिन्दालाई मुअब्जा वितरण गरिसक्ने लक्ष्यको साथ काम भइरहेको बताएका छन ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...