सुनकोसी–मरिन डाइभर्सन प्रभावितको आक्रोश

Written by meropradesh creator

२ चैत्र २०७९, बिहीबार

रामेछाप । सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले प्रभावित क्षत्रको स्थानियको मागलाई बेवास्ता गरेको भन्दै आक्रोश ब्यक्त गरेका छन् । रामेछापको सदरमुकाम मन्थलीमा बुधवार आयोजना गरेको प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रम सहभागीहरूले प्रभावित समुदायको मागलाई लत्त्याउने काम गरेको भन्दै आक्रोश ब्यक्त गरेका छन् । सहभागीहरुले आफुहरु विकासको पक्षमा रहेको भन्दै बिकास गर्दा प्रभाबित नागरिक माथी अत्याचार गर्न नहुने भन्दै आक्रोश ब्यक्त गरेका हुन् ।

सुनकोसी–मरिन डाइभर्सन परियोजना प्रभावित संवाद समितिका संयोजक वृहस्पति माझीले आयोजनाले प्रभावित क्षत्रमा आतंक मचाएको भन्दै त्यसको बिरुद्धमा आफुहरु लागिरहेको बताए । रामेछापका विभिन्न स्थानका आयोजना प्रभावितहरूले एकीकृत रूपमा आयोजनालाई १३ बुँदे माग गरिए पनि ती मागहरू कार्यान्वयनमा आयोजना बेखबर बनेको बताए । आयोजनाले यो गर्छु त्यो गर्छ भनेर प्रभावितहरूमा त्रास मात्रै पैदा गरिरहेको छ, हाम्रो माग बारे सबै बेखबर बनिरहेका माझिंले भने ।

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले आयोजनाले प्रभावितहरूको उचित व्यवस्थापन गर्न नसकेको भन्दै तत्काल उचित बयवस्थापन गर्न समेत आग्रह गरे वडा अध्यक्ष पौडेलले रामेछाप जिल्लाको सबै भन्दा बढी आफ्नो वडाका नागरिक आयोजनाबाट प्रभावित छन्, प्रभावितहरूको उचित व्यवस्थापनका लागि आयोजनाले उनीहरूको मागको कार्यान्वयन तत्काल गर्नुपछ ।

पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले आयोजनाका कारण रामेछापका प्रभावितहरू क्षेत्रका माझी समुदायहरु पटक, पटक आन्दोलनमा उत्रन बाध्य रहेकाले उनीहरू आन्दोलित हुनुपर्ने कारणको खोजी गरी उनीहरूको माग पूरा गर्नुपर्ने बताए । सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक मित्र बरालले आयोजना प्रभावित क्षेत्रका नागरिकहरूको माग क्रमशः आयोजनाले सम्बोधन गरिरहेको बताएका छन् । ‘आयोजना प्रभावित क्षेत्रभित्र झन्डै ९५ प्रतिशत जग्गाको मुआब्जा वितरणको काम झन्डै ९५ प्रतिशत भइसकेको छ, अन्य कुराहरूको पनि आयोजनाले काम अगाडी बढाइरहेको छ’, उनले भने ।

सिन्धुली र रामेछाप जिल्ला गरी २६ परिवारको १ सय १६ जना मानिस आयोजनाबाट विस्थापित हुने जनाएको छ । आयोजनाको पावर हाउस निर्माण गर्दा सिन्धुलीमा २० परिवारको ८५ जना मानिस र ४२ वटा घर गोठ र रामेछापमा ६ परिवारका ३१ जना मानिस र १० घर गोठ विस्थापित हुने उनको भनाइ छ । उनका अनुसार सुनकोसी–मरिन डाइभर्सन परियोजनाले गत असोज महिनाबाट अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्ने काम गरिरहेको छ । आठ महिनाको अवधिमा ४ हजार मिटर सुरुङ खन्ने काम सम्पन्न भएको आयोजना निर्देशक बरालले बताए । सिन्धुलीको सुनकोसी गाउँपालिका ७ बाट र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीमा डाइभर्सनको संरचना निर्माण गरी सुनकोसी नदीका करिब ६७ क्युमेक पानीलाई सुरुङमार्फत कमलामाई नगरपालिका– २ कुसुमटारस्थित मरिन खोलामा पानी खसाल्ने योजना रहेको उनको भनाई छ । मरिनको पानी बागमतीमा पुग्ने छ र बागमती सिँचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने योजना रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...