सुनकोसी नदी थुन्ने र नदीको बहाब परिवर्तन गरे कारबाही हुने

Written by meropradesh creator

२९ फाल्गुन २०७७, शनिबार

रामेछाप । सुनकोसी नदीको धार नै परिवर्तन गरेर रातारात नदी दोहन हुनेक्रम बढेपछि स्थानीय सरकार र प्रशासनले निगरानी बढाउनुको साथै नदीको धार परिर्वतन गर्ने र नदी थुनेर नदीजन्य पदार्थ उत्खनन् गर्नेलाई कारबाही गर्ने जनाएको छ ।
एकसाता अघि रामेछाप र सिन्धुलीको सीमाना मझुवा बगरमा सिन्धुलीतर्फ बगिरहेको नदीको धारनै परिर्वतन गरि रामेछापतर्फ फर्काएर नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै खाँडादेवी गाउँपालिकाले सो कार्यको आपत्ती जनाउँदै कानुनी कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय रामेछापलाई अनुरोध गरेको थियो ।
रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिकाको सिमानामा बहने सुनकोसी नदी किनारामा रहेको वालुवा ढुंगा उत्खननको लागि दुवै गाउँपालिकाहरुले ठेक्का लगाएका छन् । पालिकाहरुको मूख्य आम्दानीको मुख्य स्रोत ढुङ्गा, गिट्टी र वालुवा भएकाले पालिकाको आँखा पनि सोही नदीमा पर्दै आएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिकाबाट ठेक्का पाएका गतिशिल निर्माण सेवाले नदी नै फर्काउने गतिविधि गरेपछि शनिवार दुवै गाउँपालिकाका अध्यक्ष सिन्धुली र रामेछापका प्रमुख जिल्ला अधिकारी, दुवै जिल्लाका प्रहरी प्रमुखको रोहबरमा नदी फर्काउने कार्य तत्काल रोक्ने सहमती भएको हो । दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको रोहवरमा सहमती भएअनुसार रामेछापतर्फ फर्काएको कोशीलाई पुरानै अवस्थामा फर्काउने निर्णय भएको छ । रामेछाप र सिन्धुलीतर्फ वालुवाको ठेक्का लिएका दुवै पक्षले सुनकोसी नदीको बालुवा उत्खनन कार्यमा कानुन विपरीत काम नगर्ने र कुनै पनि विवाद एकआपसमा नगर्ने समझदारी समेत भएको छ ।
दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको रोहवरमा विश्वास कन्ट्रक्सनका प्रोपाइटर शेर बहादुर तामाङ, सोही कन्ट्रक्सनका सञ्चालक केशर बहादुर पौडेल, गतिशिल निर्माण सेवाका सञ्चालक राम बोगटी र सोही कम्पनीका प्रोपाइटर सुशन चौलागाईबीच समझदारी भएको हो । सुनकोशी नदी दोहनको बिषयमा विभिन्न संचारमाध्यममा समाचारहरु आएपछि रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैवु, सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख आभुषण तिम्सिना, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगाना समेतको टोली उक्त स्थान पुगेका थिए ।
सुनकोसी नदीको धार परिर्वतन गरेको बिषयमा विवाद उत्पन्न भएपछि त्यसको समाधान गर्र्न गरिएको छलफल कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा सहित अन्य स्थानिय जनप्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...