सुनकोसी अस्पताल खुर्कोटमा ओपीजी मेसिन सहित दाँतको विशेष उपचार सुरु

Written by meropradesh creator

२३ कार्तिक २०८०, बिहीबार

रामेछाप । सिन्धुलीको खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालले ओपीजी मेसिन सहित दाँतको विशेष उपचार सुरु गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी सुनकोसी सामुदायिक अस्पतालले ओपीजी मेसिन सहित दाँतको विशेष उपचार सुरु गरेको हो ।
रोटरी क्लबले ओपीजी मेसिन हस्तान्तरण गरे सँगै  बिहीबार देखी औपचारिक रूपमा सिन्धुलीको खुर्कोटमा रहेको सुनकोसी अस्पतालले शिविर सञ्चालन गरी दन्त सेवा सुरु गरेको छ । अस्पतालले बिहीबार सञ्चालन गरेको निःशुल्क शिविरमा २९ जनाले दाँत निकाल्नका साथै ४१ जनाले सुगर तथा प्रेसर परीक्षण गरेको छ ।
दन्त सेवाको बिहीबार अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरी रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद धोजुले सेवाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट गभर्नर धोजुले नेपालका ग्रामीण क्षेत्रलाई लक्षित गरी खुर्कोटमा स्थापना गरिएको अत्याधुनिक उपकरण सहितको दन्त सेवाले धेरैलाई सहयोग पु¥याउनेमा आफू विश्वस्तता रहेको धारणा राखेका छन् । धोजुले रोटरी क्लबले उपलब्ध गराएको अत्याधुनिक मेसिन सहितको सेवालाई सही सदुपयोग भएमा आफूहरूले थप सहयोग गर्ने पनि प्रतिबद्धता समेत जनाएका छन् ।
दन्त सेवा स्थापना कार्यक्रममा बोल्दै गोलञ्जोर गाउँपालिकाका अध्यक्ष शङ्कर राज बरालले दन्त सेवा स्थापनामा सहयोग पु¥याउने रोटरी क्लबलाई धन्यवाद दिँदै आगामी दिनमा दन्त सेवालाई सञ्चालनमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । रोटरी क्लब अफ रुद्रमती काठमाण्डौको २०२०–२१ का अध्यक्ष सुदिप कोइरालाको पहलमा सिन्धुलीको खुर्कोटमा अत्याधुनिक उपकरण सहितको दन्त सेवा सुरु गर्न सफल भएको सुनकोसी सामुदायिक अस्पतालका अध्यक्ष केशव देवकोटाले बताए ।
दाँत उपचारको लागि काठमाण्डौका महँगा अस्पतालमा जानु पर्ने बाध्यतालाई हटाउनको लागि र गाउँमै गुणस्तरीय दन्त सेवा दिनको लागि रोटरी क्लबको सहयोगमा दन्त सेवा सुरु गरिएको सुनकोसी सामुदायिक अस्पतालका अध्यक्ष केशव देवकोटाले बताए । काठमाण्डौमा पुरै दाँतको एक्स–रे गर्दा झन्डै ४ हजार पैसा तिर्नु पर्ने एक्स–रे खुर्कोटमै एक हजारमा हुने पनि अध्यक्ष देवकोटाले बताएका छन्।
विशेष एक्स–रे ओपीजी मेसिन मार्फत एक पटकमा सबै दाँतको एक्स–रे गर्न सकिने भएको हुँदा दाँतमा भएका सबै समस्या पत्ता लाग्ने र उपचार गर्न सहज हुने सुनकोसी सामुदायिक अस्पतालको दन्त सेवामा कार्यरत डेन्टल सर्जन कृशला कुमारी चौधरीले बताइन् । उनका अनुसार खुर्कोट दन्त सेवाबाट दाँत फुकाल्ने, दाँत सफा गर्ने, किराले खाएको दाँतमा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने लगायतका सेवा प्रवाह हुने छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...