सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास गरेका छन् । विहीवार सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास गर्दै प्रधानमन्त्री वलीले प्रदेश नम्बर २ वनजंगलमा अन्य प्रदेशको तुलनामा पछाडी परेको भन्दै वनजंगलको संरक्षण गर्दै हरीयाली वनाउने र फुलै फुलको बंगैचा वनाउने बताए । त्यसतैगरी डाइभर्सनबाट लगेको पानीले प्रदेश २ को १ लाख ८५ हजार विगाहा भन्दा बढी जमीनहरुमा सिँचाई हुने भएकोले नेपाललाई खाद्यन्नमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने दावी गरे । प्रधानमन्त्री वलीले अब देश विकासको बाटोमा अघी बढेको बताउदैै एक सय चार वर्ष अघि बनेको सुरुङ मार्ग पुननिर्माण गर्ने देखि लिएर आधुनिक सुरुङको युग सुरु भएकोले अब हिजोका जस्ता दुःखका दिन गएको बताए । वलीले अब नेपाली नागरीकको दुःखको दिन गएको भन्दै दुर्गम ठाउँ पनि केबुलकार निर्माणलाई आफुले प्राथमिकतामा राखेर काम गरेको बताए ।
उक्त कार्यक्रममा उर्जा एवं सिचाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल लगायतको सहभागीता रहेको थियो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...