सुनकोशी–मरिन डाइभर्सन ढिलो भए ठेक्का तोडिने : प्रधानमन्त्री ओली

जनकपुरधाम – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ सह्य नहुने बताएका छन् । मधेस प्रदेशको जनकपुरधाममा एकैपटक ६४ सडक आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले समयमै काम सम्पन्न नभए ठेक्का तोडिने चेतावनी दिए ।

प्रधानमन्त्रीले मधेसका जनता सिँचाइको आशामा जमिन बाँझो राख्न बाध्य हुन नसक्ने उल्लेख गर्दै परियोजना छिटो सक्न निर्देशन दिए । उनले ढिलासुस्तीलाई भ्रष्टाचारभन्दा ठूलो अपराध भन्दै विकासको गति रकेटजस्तै बनाउनु पर्ने बताए ।

सुनकोशी नदीको पानी मरिन नदीमा स्थानान्तरण गरिने यस परियोजनाबाट रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बाराका १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याइनेछ भने ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । रु. ४९ अर्ब ४२ करोड लागतको यो आयोजना गत वर्ष बाढी र पहिरोका कारण केही समय प्रभावित भएको थियो ।

प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई ऐतिहासिक र पवित्र भूमि भन्दै त्यसको समग्र विकासमा संघीय सरकार प्रतिबद्ध रहेको बताए । जनकपुर रेल सेवा घाटा अन्त्यका लागि दक्ष जनशक्ति विकास गरिने उल्लेख गर्दै उनले चुरे संरक्षण, कृषि आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, शिक्षा र स्वास्थ्यमा सुधार, रंगशाला निर्माण तथा ‘छोरी पढाऔँ’ अभियानमा विशेष प्राथमिकता दिने प्रतिवद्धता जनाए ।

सुशासनका लागि सबैको सहभागिता आवश्यक भएको उल्लेख गर्दै उनले राम्रो कार्य गर्नेको प्रशंसा र गल्ती गर्ने जोकोहीमाथि कारबाही हुने स्पष्ट पारे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बागलुङ जिप दुर्घटनामा ४ जनाको मृत्यु, १२ घाइते

बागलुङ जिप दुर्घटनामा ४ जनाको मृत्यु, १२ घाइते

बागलुङ, जेठ ३०बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु बतासे डाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ...

खाँडादेवी–२ मा गोठमा आगलागी, ७ बाख्रा जलेर मृत्यु

खाँडादेवी–२ मा गोठमा आगलागी, ७ बाख्रा जलेर मृत्यु

रामेछाप, जेठ ३० रामेछापको खाँडादेवी गाउँपालिका–२, मझुवा कुरनथलीमा बिहीबार बिहान भएको आगलागीमा एक गोठ पूर्ण रूपमा जलेको छ। आगलागीमा परेर गोठमा रहेका ७ वटा बाख्रा जलेर मरेका छन् भने एक माउ भैँसी र एक राँगो घाइते भएका छन्। स्थानीय ५३ वर्षीय कान्छाराम योञ्जनको गोठमा...

रामेछापबाट ६ वर्षमा ३१ जनाको विदेशमा मृत्यु

रामेछापबाट ६ वर्षमा ३१ जनाको विदेशमा मृत्यु

रामेछाप, जेठ २९ – पछिल्ला ६ वर्षमा वैदेशिक रोजगारीका क्रममा ३१ जना रामेछापवासीले विदेशमै ज्यान गुमाएका छन्। सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै ९ जनाको मृत्यु भएको हो। सामी कार्यक्रमका संयोजक दीपक कुमार केसीका अनुसार, आर्थिक...