सुनकोशी नदी दोहन रोक्नखोज्दा प्रहरी प्रमुखको सरुवा

Written by meropradesh creator

१३ चैत्र २०७७, शुक्रबार

रामेछाप । सुनकोशी नदी दोहन रोक्नखोज्दा सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाको तीन महिनामै सरुवामा भएको छ । प्रहरी उपरीक्षक तिम्सिनाले सुनकोशी नदी लगाएत सिन्धुली जिल्लको अन्य नदि नालामा प्राकृतिक स्रोत दोहन भएको भन्दै रोक्न खोज्दा सरुवा भएको छ ।
सिन्धुलीमा सरुव ाभएर आएको तीन महिनामै सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) आभुषण तिम्सिनाको काज सरुवा भएको हो । सुनकोशी दोहन र अन्य खोलाहरुमा अबैध खोलिएका क्रसरहरु नियमन गर्ने, गाँजा फडानी गर्ने लगाएत पुराना मुद्धाको फस्र्यौट लागि अभियूक्तहरुको पक्राउलाई प्राथमिकता दिन लागेपछी उपरीक्षक तिम्सिनाको शरुवा भएको सिन्धुलीका नागरीकहरुको भनाई छ । उपरीक्षक तिम्सिना गएको पुष महिनामा सिन्धुलीमा सरुवा भएर आएका थिए । तीन महिनामै प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाउनुमा क्रसर संचालकहरुको माथिको कनेक्सन संग जोडेर हेरिएको छ ।
सुनकोश्ीनदीमा बालुवा प्रशोधन केन्द्रका नाममा दर्जनौ क्रसरहरु अबैध संचालनमा रहेका छन् । ती वालुवा प्रशोधन केन्द्र वातावरण प्रभाव मुल्यांकन बिनै संचालनमा आएको र राष्ट्रिय राजमार्ग संग जोडिएकाले अबैध रहेको सूचना पाएपछि उपरीक्षक तिम्सिनाले बन्द गर्ने प्रयास गरेका थिए । अबैध उत्खनन् र प्रशोधनमा रहेका सबैलाई कानूनी दायरामा ल्याउन शुरु मात्र गरेका एसपी तिमिल्सीनाको काजमा सरुवा भएको हो ।
सुनकोशीमा वालुवा प्रशोधन केन्द्र भनि दर्ता भएर क्रसर उद्योग संचालन गर्दै आएका प्रशोधन केन्द्रहरु यतिखेर बन्द प्राय छन् । सबैलाइ मापदण्ड पु¥याएर मात्र संचालन गर्न उर्दी भएपछि क्रसर संचालकहरु उपरीक्षक तिम्सिनाको सरुवाको लागि गृह मन्त्रालय धाउन थालेका थिए । सदरमुकाम सिन्धुलीमाडीको ग्वाङखोला, कमलानदी, चुदाहाखोला, मरिणखोला, लगाएतमा ढुंगा, वालुवा, गिट्टीको ठेक्का नलागी दोहन हुन नदिने उपरीक्षक तिम्सिनाले अडान लिएपछि स्थानीय तहहरुले टेण्डर आह्वान गर्न थालेका थिए ।
प्रहरीका अनुसार उपरीक्षक तिम्सिनालाई प्रहरी प्रधान कार्यालय महानिरिक्षकको सचिवालयमा तानिएको छ भने सिन्धुलीमा सर्वोच्च अदालत सुरक्षामा रहननु भएका गोविन्द थपलियालाई पठाइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विकास निर्माण र कानुन सुधारमा सरकार प्रतिबद्ध मन्त्रीद्वय

विकास निर्माण र कानुन सुधारमा सरकार प्रतिबद्ध मन्त्रीद्वय

सरकारका मन्त्रीहरूले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढाउन र विद्यमान कानुनहरूलाई जनमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।जिल्ला प्रशासन कार्यालय रामेछापमा शनिबार आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कानुन मन्त्री सोविता गौतम र भौतिक मन्त्री सुनिल...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...