रामेछाप । मन्थली नगरपालिका–६ भलुवाजोरको सेलेघाट स्थित सुनकोशी नदी किनारमा एक महिलाको बेवारिसे शव बिहिवार फेला परेको छ ।
सुनकोशी नदी किनारमा भेटिएको उक्त बेबारिसे शव अन्दाजी ४५÷५० वर्ष उमेरको रहेको छ । महिलाले निलो पेटिकोट, रातो म्याक्सी र बाँया हातमा सूर्यको र ई आकारको ट्याटु समेत रहेको छ । ती महिलाकाे शब चिन्नुहुने महानुभावहरुले सनाखतको लागि जिल्ला प्रहरी कार्यालय रामेछापमा सम्र्पक गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।









