सुनकोशी आयोजनाको माझी समुदायले गरे बिरोध

Written by meropradesh creator

१७ श्रावण २०७८, आईतवार

रामेछाप । सुनकोशी–२ जलविद्युत आयोजना निर्माणको बिषयमा आइतवार सदरमुकाम मन्थलीमा गर्ने भनिएको सार्वजनिक सुनुवाई कार्यक्रम स्थानिय माझी समुदायको बिरोधपछि स्थगीत भएको छ ।
जलविधुत आयोजना निर्माण हुँदा सुनकोशी र तामाकोशी नदि किनार आसपास बसोबास गर्ने सबै माझी समुदाय बिस्थापित हुने भन्दै उनिहरु आयोजन बिरुद्ध आन्दोलनमा उत्रेका हुन । आयोजना निमार्ण भए माझी समुदाय मात्र नभई रामेछाप जिल्लाकोे सदरमुकाम मन्थली सहित २ वटा नगरपालिका र एक वटा गाउँपालिकाका धेरै भु–भाग समेत डुवानमा पर्ने भन्दै उनिहरुले बिरोध गरेका हुन ।
नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिती रामेछापको आयोजनामा भएको बिरोध कार्यक्रममा सुनकोशी–२ जलविधुत आयोजना चाहिदैन,जातिय पहिचान मास्न पाइदैन भन्दै सयौंको संख्यामा माझी समुदाय जलबिद्युत आयोजनाको विरोध गर्दै सडकमा उत्रेका छन् । आयोजनाले आजसम्म कुनै छलफल नगरेको तर अकस्मात सार्वजनीक कार्यक्रम राखेको भन्ने सूचना पत्रपत्रिकाबाट जानकारी पाएको भन्दै माझी समुदायले आयोजनाको बिरोध गरेका हुन् ।
आयोजनाले स्थानिय नागरिकहरुसँग बसेर छलफल नै नगरी सकेसम्म पेलेर जान खोजेको भन्दै त्यसको विरोध गरेका छन् । आयोजना निर्माण हुदा आफ्नो धर्म संस्कार संस्कृतको बिनास हुनुको साथै समाज विभाजन तर्फ जाने भन्दै आफुहरु पुर्खाको थाकथलो नछोड्ने नेपाल माझी उत्थान संघ रामेछापका अध्यक्ष इन्द्रबहादुर माझीले जानकारी दिए ।
उनले भने– हाम्रो मिलेर बसेको समुदाय संस्कार परम्परा विर्गान चाहदैनांै । त्यसैले यो योजना निमार्ण सम्भव हुदैन । जलविद्युत आयोजनाले केहि पैसा दिदैमा आफ्नो संस्कार र संस्कृती त्याग्न नसक्ने भन्दै आफुहरु कुनै हालतमा आयोजना सञ्चालन हुन नदिने भन्दै आन्दोलनमा एक जुट भएर लग्नु पर्ने बागमती प्रदेशसभा सदस्य रिता माझीले बताइन ।
उनले भनिन्– हाम्रो परम्परा संस्कार संस्कृति र भाषाको बारेमा अध्यन गर्न देश भरिका माझी समुदाय रामेछाप आउने गर्छ । रामेछाप जिल्लामा अन्य जिल्लाको तुलनामा सबै भन्दा वढी माझी समुदायको बासस्थान भएकोले माझीहरुको इतिहास भएकोले रामेछापको माझिहरुलाई बिचलित हुदैनौं । हामी मार्न र मर्न समेत तयार छौं तर हामी तामाकोशी र सुनकोशी नदि किनार आसपास छाडेर अन्य स्थान जान सक्दैनौ ।
जलविद्युत आयोजना निर्माण भएमा रामेछापको सदरमुकाम मन्थली लगाएत सिन्धुलीका विभिन्न बस्ती सहित ६ हजार भन्दा बढी घरधुरी डुबानमा पर्ने सुनकोशी–२ जलविधुत आयोजनाका इन्जिनियर सुवास थपलियाले जानकारी दिए । आयोजना निर्माण भए सुनकोशी नदि तर्फ रोशिखोला सम्म डुबान हुने र तामाकोशी नदिको हलिदे बेसी सम्म डुबानहुने बताएको छ । त्यस्तैगरी मन्थलीको बसर्पाक भन्दा ३ मिटर माथी सम्म डुबान हुने बताएका छन् ।
माझी समुदायले सार्वजनिक सुनुवाई अवरोध गरेपछि स्थगित भएको उक्त बिषयलाई आयोजनाको तर्फवाट प्रतिवेदनमा समावेश गरेर सम्वन्धित निकायलाई हस्तान्तरण गर्ने सुनकोशी–२ जलविद्युत आयोजनाका वातावरण प्रभाव मुल्याङकन प्रमुख मधुकर खड्काले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...