रामेछाप । सुनापति गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ अवधिमा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँ पालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको अवस्था आदीका बारेमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत दीलकृष्ठ श्रेष्ठले जानकारी गराएका थिए ।
श्रेष्ठले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पालिका मार्फत संस्थागत विकास तथा सुशासनको क्षेत्रमा भएका कामहरू, आर्थिक तथा सामाजिक विकास, पूर्वाधार विकास, विपद् व्यवस्थापन र न्यायिक समिति लगायत विभिन्न क्षेत्रमा भएको प्रगति बारेमा पनि जानकारी गराएका थिए ।
नागरिक हरुको न्युन उपस्थिति रहेको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि नागरीकहरुले विकास निर्माण शिक्षा,कृषि,खानेपानी, लगायतका विभिन्न विषयलाई लक्षित गरि प्रमुख र प्रमुख प्रशासकिय अधिकृत संग जवाफ माग गरेका थिए । नागरीकहरुले उठाएको प्रश्नको जवाफ पालिकाका प्रमुख ठुलो कान्छा तामाङ्ग, उपप्रमुख गिता विष्ट र प्रमुख प्रशासकिय अधिकृत दीलकृष्ण श्रेष्ठले दिएका थिए ।
गाउँपालिका प्रमुख ठुलो कान्छा तामाङ्गले पालिकाले गरेको कामहरुमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने भन्दै सम्वृद्ध सुनापति बनाउने कुरामा आफुहरुबाट कुनै पनि कमी कम्जोरी नहुने भन्दै त्यसको लागि सबै राजनितिक दल र नागरीकहरुको साथ र सहयोग अपरिहार्य रहेको पनि उनले बताए ।

प्रहार मिडिया प्रालिका तर्फबाट रामचन्द्र विक, कुमार श्रेष्ठ र कैलाश खत्रीले सहजीकरण गरेको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष गिता विष्ट, वडा नम्बर १ देखी ५ वटै वडाका वडा अध्यक्षहरुले जिम्मेवार बक्ताको रुपमा आफनो धारणा राख्दै पालिकाको दिगो विकासर शुसासनका लागि आफुहरुले कुनै पनि कमि हन नदिने प्रतिवद्धता ब्यक्त गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे लगायत जिल्लाका मिडियाहरु ठुलो संख्यामा उपस्थिति रहेको थियो ।