रामेछाप । रामेछापको सुनापती गाउँपालिकामा सञ्चालीत गाउँपालिका स्तरीय भलिबल प्रतियोगीता स्थगीत भएको छ । हार्मोनी बहुउदेश्य सहकारी संस्थाद्वारा असोज ३० गतेबाट सुरु भएको भलिबल प्रतियोगीता भारी बर्षासँगै आएको हवाहुरीका कारण खेल सञ्चालन गर्न असहज भएपछि स्थगीत भएको
अबिरल वर्षको कारण स्थागीत भएको खेल कार्यक्रमका संयोजक रोशन थिङले जानकारी दिए । असोज ३० गतेबाट सुरु भएको खेल कात्तिक १ गते सम्पन्न गर्ने निर्धारित कार्यक्रम भए पनी अबिरल बर्षाको कारण स्थगीत गरिएको र अब बाकीँ रहेको खेल यही कात्तिक १८ गते सम्पन्न हुने संयोजक थिङले जानकारी दिए ।
उनका अनुसार उक्त दिन रेन्बो स्टार , सुनापति–२ दिमिपोखरी, मगर यूवा समाज र योञ्जन सेवा समाज बेथानबीच फाइनल खेल हुने जानकारी दिए । प्रतियोगीतामा १० वटा टिम सहभागी रहेको कार्यक्रम मूल आयोजक समितिका संयोजक राजेन्द्र मोक्तानले बताए । भलिवल प्रतियोगीताका लागि समाजसेवी दिपेन्द्र कुमार कार्कीले १ लाख, नेकपा एमालेका नेता रत्न गौतमले ४० हजार, व्वसायी संगिन दोर्जे तामाङले १० हजार , व्यवसायी युवराज श्रेष्ठले ५ हजार ललित कुमार ग्यापकले ५५ सय नगद सहयोग गरेका छन भने सुनापति गाउँपालिकाले १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । प्रतिगोगीतामा प्रथम पुरस्कार ४० हजार द्वितीय पुरस्कार २५ हजार र तृतिया पुरस्कार १५ हजार रहेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...