सुनापतीका एकल पुरुषलाई मासिक १ हजार भत्ता

Written by meropradesh creator

६ फाल्गुन २०७८, शुक्रबार

रामेछाप । सुनापती गाउँपालिकाले पालिकाभित्रका ६२ जना एकल पुरुषलाई मासिक १ हजारका दरले भत्ता बितरण गरेको छ ।

सुनापती गाउँपालिकाले यसअघि एकल महिलालाई मासिक रुपमा भत्ता बितरण गर्दै आएको यस चालु आर्थिकवर्ष २०७८÷७९ बाट पालिका भित्रका एकल पुरुषलाई पनि मासिक रुपमा भत्ता वितरण गर्ने गरी निती तथा कार्यक्रम बनाएर बितरण शुरु गरेको हो । सुनापति गाउँपालिकामा रहेका ५ वटै वडामा रहेका एकल पुरुषको वडा स्तरबाट विवरण संकलन गरिएको सुनापति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल राज श्रेष्ठले जानकारी दिए ।

उनले भने– पालिकाको चालु आर्थिकवर्षमा एकल पुरुषलाई दिने भत्ताको बिषयमा दुई छुट्टाछुट्टै कार्यविधि वनाएका छौं । जसमा विवाहित र अविवाहित भनेर छुट्टाइएको छ । पालिकाले भत्ता वितरण गर्दा विवाहपछि एकल भएको पुरुषको हकमा उमेर हद ५० वर्ष र अविवाहित पुरुषको हकमा उसको उमेर ६० वर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको पनि अधिकृत श्रेष्ठले बताए ।


यसअघि पालिकामा एकल महिलाले मात्रै मासिक रुपमा भत्ता बुझ्दै आएकोमा एकल पुरुषलाई पनि थोरै भएपनि राहात मिलोस् भन्ने उद्धेश्यले यो कार्यक्रम ल्याइएको सुनापति गाउँपालिकाका प्रमुख धावा लामाले जानकारी दिए । उनले भने– हामीले ५ वटै वडा कार्यालय मार्फत के–कती एकल पुरुष छन् तीनको विवरण माग गर्यौ । वडा कार्यालय मार्फत आएका विवरणमध्ये कोही छुटेको खण्डमा सिधै पालिकाको कार्यालयमा आएर निवेदन दिन पनि सकिने गरी व्यस्था मिलाइएको पनि अध्यक्ष लामाले बताए ।

हाल सुनापति गाउँपालिकाको वडा नं १ देखी ५ नम्वरसम्म क्रमसः ८,१८,१०,१६,१० गरी ६२ जना एकल पुरुष रहेका छन् । अहिलेसम्म राज्यवाट कुनै पनि सुविधा पाउन नसकेका एकल पुरुषहरुले पालिकाले मासिक रुपमा १ हजारका दरले नगद नै दिन थालेपछि उनीहरु जनप्रतिनिधिहरु प्रति खुशी भएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो मन्थली, जेठ ६ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा कुल ७५ प्रतिशत कार्य सम्पन्न भएको छ। गत वैशाख ३ गतेदेखि जिल्लाभर सुरु भएको गणना कार्य अन्तर्गत हालसम्मको...

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरू निलम्बन भोग्न समेत तयार रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै उनले जनताका प्रश्नहरूलाई दबाउन खोजिएको भन्दै सभामुखको रुलिङप्रति असन्तुष्टि जनाए। सुकुम्वासी समस्या,...

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...