सुनापतीका एकल पुरुषलाई मासिक १ हजार भत्ता

Written by meropradesh creator

६ फाल्गुन २०७८, शुक्रबार

रामेछाप । सुनापती गाउँपालिकाले पालिकाभित्रका ६२ जना एकल पुरुषलाई मासिक १ हजारका दरले भत्ता बितरण गरेको छ ।

सुनापती गाउँपालिकाले यसअघि एकल महिलालाई मासिक रुपमा भत्ता बितरण गर्दै आएको यस चालु आर्थिकवर्ष २०७८÷७९ बाट पालिका भित्रका एकल पुरुषलाई पनि मासिक रुपमा भत्ता वितरण गर्ने गरी निती तथा कार्यक्रम बनाएर बितरण शुरु गरेको हो । सुनापति गाउँपालिकामा रहेका ५ वटै वडामा रहेका एकल पुरुषको वडा स्तरबाट विवरण संकलन गरिएको सुनापति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल राज श्रेष्ठले जानकारी दिए ।

उनले भने– पालिकाको चालु आर्थिकवर्षमा एकल पुरुषलाई दिने भत्ताको बिषयमा दुई छुट्टाछुट्टै कार्यविधि वनाएका छौं । जसमा विवाहित र अविवाहित भनेर छुट्टाइएको छ । पालिकाले भत्ता वितरण गर्दा विवाहपछि एकल भएको पुरुषको हकमा उमेर हद ५० वर्ष र अविवाहित पुरुषको हकमा उसको उमेर ६० वर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको पनि अधिकृत श्रेष्ठले बताए ।


यसअघि पालिकामा एकल महिलाले मात्रै मासिक रुपमा भत्ता बुझ्दै आएकोमा एकल पुरुषलाई पनि थोरै भएपनि राहात मिलोस् भन्ने उद्धेश्यले यो कार्यक्रम ल्याइएको सुनापति गाउँपालिकाका प्रमुख धावा लामाले जानकारी दिए । उनले भने– हामीले ५ वटै वडा कार्यालय मार्फत के–कती एकल पुरुष छन् तीनको विवरण माग गर्यौ । वडा कार्यालय मार्फत आएका विवरणमध्ये कोही छुटेको खण्डमा सिधै पालिकाको कार्यालयमा आएर निवेदन दिन पनि सकिने गरी व्यस्था मिलाइएको पनि अध्यक्ष लामाले बताए ।

हाल सुनापति गाउँपालिकाको वडा नं १ देखी ५ नम्वरसम्म क्रमसः ८,१८,१०,१६,१० गरी ६२ जना एकल पुरुष रहेका छन् । अहिलेसम्म राज्यवाट कुनै पनि सुविधा पाउन नसकेका एकल पुरुषहरुले पालिकाले मासिक रुपमा १ हजारका दरले नगद नै दिन थालेपछि उनीहरु जनप्रतिनिधिहरु प्रति खुशी भएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...