सुनापति पर्यटन विकासमा साझा प्रतिबद्धता : संरचना, समन्वय र सहकार्य अपरिहार्य

रामेछाप — पर्यटन क्षेत्रको अपार सम्भावना बोकेको सुनापति गाउँपालिकाको दिगो विकासका लागि सबै तह, क्षेत्र र सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ। नेपाल पर्यटन बोर्डको सभाहल, भृकुटीमण्डपमा आइतबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, पर्यटन विज्ञ तथा सरोकारवालाहरूले सुनापतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले सुनापतिमा विविध पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै पूर्वाधार निर्माण र पहुँच विस्तारमा प्राथमिकता दिनुपर्ने बताए। उनले खाँडादेवी र दोरम्बाशैलुङ गाउँपालिकासम्मको सडक कालोपत्रे गरी सुनापति क्षेत्रलाई समग्र सञ्जालमा जोड्न सके पर्यटकीय प्रवाह उल्लेखनीय रूपमा वृद्धि हुने विश्वास व्यक्त गरे।

पूर्व सांसद श्यामकुमार श्रेष्ठले रामेछापमा युद्ध पर्यटनको सम्भावना औँल्याउँदै, सुनापतिमा रहेका युद्धसम्बन्धी स्मृतिस्थलहरूको संरक्षण र व्यवस्थापन गरी नयाँ प्रकारको पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखे। उनका अनुसार सुनापति, खाँडादेवी र दोरम्बा शैलुङलाई समेटेर आकर्षक आन्तरिक पर्यटनको रूप दिन सकिन्छ।

त्यसैगरी, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य देवशंकर पौडेलले सुनापति र दोरम्बाबीच सहकार्य गर्दै तामाखानी सुरुङहरूको वैज्ञानिक अनुसन्धान र पर्यटकीय विकासको प्रस्ताव राखे। उनले सुवेदार जम्दार धारो, अग्लेश्वरी पहाडलगायतका पुरातात्त्विक स्थलहरूको संरक्षण र प्रचारप्रसार गरिएमा सुनापति समृद्ध पर्यटन क्षेत्र बन्न सक्ने धारणा राखे।

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा रामेछाप इन्चार्ज कमलप्रसाद चौलागाईंले क्षेत्रको मौलिकता, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यको सदुपयोग गर्दै दिगो पर्यटन विकास सम्भव हुने बताए। उनले सबै राजनीतिक दलहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पर्यटनलाई साझा विकासको एजेन्डा बनाउनु पर्नेमा जोड दिए।

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले सुनापतिको पर्यटकीय स्थलहरूलाई प्राथमिकतामा राखेर रणनीतिक योजना बनाउनु पर्नेमा जोड दिँदै यस्ता क्षेत्रहरूबाट गाउँको पहिचान बदल्न सकिने बताए।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईं, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा ‘कमल’, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे लगायत वक्ताहरूले होमस्टे, पदमार्ग, साहसिक, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका सम्भावनाबारे धारणा राख्दै संघीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वय, निजी क्षेत्रको संलग्नता र स्थानीय तहको सक्रियताका विषयमा जोड दिए।

कार्यक्रमको अध्यक्षता गर्दै गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले सुनापतिलाई समृद्ध गन्तव्य बनाउन संरचना निर्माण, प्रचारप्रसार, संरक्षण र साझेदारीलाई प्राथमिकतामा राखिएको जानकारी दिए। उनले पर्यटन सम्भावना भएका क्षेत्रहरूको पहिचान गरी पूर्वाधार विकास, लगानी आह्वान र समुदायको संलग्नतामार्फत समुन्नत पर्यटन क्षेत्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सुरुमा गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएकी थिइन्। साथै, सुनापतिमा रहेका प्रमुख पर्यटकीय स्थलहरूको श्रव्यदृश्य सामाग्री समेत प्रस्तुत गरिएको थियो। कार्यक्रम सुनापति गाउँपालिकाको आयोजनामा नेपाल पर्यटन बोर्डको सहकार्यमा सम्पन्न भएको हो, जसको जानकारी प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठले दिए।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...