मन्थली- रामेछापको सुनापति गाउँपालिकाले हरितालिका तिजको अवसरमा लोकदोहोरी प्रतियोगिता गर्ने भएको छ । तिज पर्वलाई थप रोमाञ्चक र मनोरञ्जनात्मक बनाउन ८ गते गाउँ कार्यापालिकाको कार्यालयमा प्रतियोगिता गर्न लागिएको हो ।
तिजको सांस्कृतिक पक्षलाई जीवन्त राख्न र महिलाहरुको गायन प्रतिभालाई उजागर गर्न प्रतियोगिता आयोजना गर्न लागिएको पालिकाले जनाएको छ । पालिका उपाध्यक्ष गिता विष्टले तिजको मौलिकता र सांस्कृतिक पहिचान झल्किने गरी प्रतियोगिता सञ्चालन हुने बताउँदै पाँच वटै वडबाट सहभागिताको लागि अनुरोध गरेकी छन् ।
गायनमा रुचि भएका महिलालाई प्रोत्साहन मिल्ने भएकोले प्रतियोगिताका बिजेतालाई आकर्षक पुरस्कारको पनि व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम हुने समूहले १५ हजार, द्धितीय हुने समूहले १० हजार रुपैयाँ र तृतीय हुनेले ५ हजार र सान्त्वना हुने समुहले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले जानकारी दिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









