सुनापति गाउँपालिकाको सार्वजनीक सुनुवाई सम्पन्न ः ८ महिनामा ४६ प्रतिशत बजेट खर्च

रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनीक सुनुवाई कार्यक्रममा चालु आर्थिक वर्षको ८ महिनामा जम्मा बजेटको ४६ प्रतिशत बजेट खर्च गरेको प्रतिबेदनमा उल्लेख गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि फागुन महिनासम्म जम्मा ५६ करोड ९० लाख ५२ हजार रुपैयाँ बजेटको ४६.८४ प्रतिशत अर्थात् २६ करोड ६५ लाख ८४ हजार ३९२ रुपैयाँ खर्च गरेको जनाएको छ ।


यो अवधिसम्म चालु तर्फ ३६ करोड ६६ लाख ९० हजार ८०० रुपैयाँ बजेट रहेकोमा ५५.३८ प्रतिशत अर्थात् २० करोड ३० लाख ७४ हजार ९९३ रुपैयाँ बजेट खर्च भएको बिहीबार गाउँपालिकामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले बताउनु भयो ।


दोस्रो चौमासिकसम्म गाउँपालिकाले सञ्चालन गरेको विकास निर्माण तथा सेवा प्रवाह विषयमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले पुँजीगत तर्फ २० करोड २३ लाख ६१ हजार २०० रुपियाँ बजेट रहेकोमा ३१.३८ प्रतिशत अर्थात् ६ करोड ३५ लाख ९ हजार ३९८ बजेट खर्च भएको बताउनु भएको हो ।


पाँच वटा वडा रहेको सुनापति गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१÷०८२ मा ९० वटा भन्दा बढी योजनाहरू सम्पन्न हुनुपर्नेमा ४४ वटा योजनाको भुक्तानी भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, महिला र कृषि क्षेत्रका कार्यक्रमसँग जोडिएका प्रश्न तथा जिज्ञासा राखेका थिए । प्रश्नहरूको गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ र वडा अध्यक्षहरूले जवाफ दिनुभएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बागलुङ जिप दुर्घटनामा ४ जनाको मृत्यु, १२ घाइते

बागलुङ जिप दुर्घटनामा ४ जनाको मृत्यु, १२ घाइते

बागलुङ, जेठ ३०बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु बतासे डाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ...

खाँडादेवी–२ मा गोठमा आगलागी, ७ बाख्रा जलेर मृत्यु

खाँडादेवी–२ मा गोठमा आगलागी, ७ बाख्रा जलेर मृत्यु

रामेछाप, जेठ ३० रामेछापको खाँडादेवी गाउँपालिका–२, मझुवा कुरनथलीमा बिहीबार बिहान भएको आगलागीमा एक गोठ पूर्ण रूपमा जलेको छ। आगलागीमा परेर गोठमा रहेका ७ वटा बाख्रा जलेर मरेका छन् भने एक माउ भैँसी र एक राँगो घाइते भएका छन्। स्थानीय ५३ वर्षीय कान्छाराम योञ्जनको गोठमा...

रामेछापबाट ६ वर्षमा ३१ जनाको विदेशमा मृत्यु

रामेछापबाट ६ वर्षमा ३१ जनाको विदेशमा मृत्यु

रामेछाप, जेठ २९ – पछिल्ला ६ वर्षमा वैदेशिक रोजगारीका क्रममा ३१ जना रामेछापवासीले विदेशमै ज्यान गुमाएका छन्। सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै ९ जनाको मृत्यु भएको हो। सामी कार्यक्रमका संयोजक दीपक कुमार केसीका अनुसार, आर्थिक...