सुनापति गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, पर्यटन र युवामुखी योजना प्राथमिकतामा

रामेछाप, असार ८ — रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शनिबार गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष गीता विष्ट चौलागाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँको विकास प्राथमिकताका विषयहरू सार्वजनिक गरिन्।

नीति तथा कार्यक्रममा विशेषगरी कृषि, पर्यटन, युवा रोजगारी, सामाजिक सुरक्षा, र सीप विकासमा केन्द्रित योजनाहरू समावेश गरिएको छ। उपाध्यक्ष चौलागाईंका अनुसार गाउँमा बाँझो रहेको जमिनको उत्पादनशील प्रयोग गर्ने उद्देश्यसहित कम्तीमा १०० देखि ५०० रोपनीसम्मको जमिनमा व्यावसायिक खेती गर्ने कृषक समूह, सहकारी तथा कृषि फार्महरूलाई अनुदानको व्यवस्था गरिनेछ।

कृषि तथा पर्यटन क्षेत्रमा जोड

सुनापति गाउँपालिकाले यस वर्ष एग्रो टुरिजम (कृषि पर्यटन) र इको टुरिजमलाई व्यवस्थित गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजना अघि सारेको छ। पर्यावरणमैत्री पर्यटन प्रवर्द्धन गर्दै कृषि क्षेत्रमा पनि लगानी बढाइने बताइएको छ।

त्यस्तै, “एक घर, एक बगैँचा” कार्यक्रमअन्तर्गत गाउँपालिकाले हरेक घरधुरीमा मौसमी तथा बेमौसमी फलफूल, तरकारी, नगदे बाली र बुद्ध चित्त माला खेतीलाई प्रोत्साहन गर्नेछ। यसका लागि आवश्यक प्रविधि र बीउ उत्पादनमा अनुदान दिइने व्यवस्था गरिने जनाइएको छ।

युवालाई लक्षित कार्यक्रम र रोजगारी सिर्जना

बेरोजगार युवालाई लक्षित गर्दै “बाँझो जमिन उपयोग कार्यक्रम” सञ्चालन गरिनेछ। युवाहरूलाई कृषि, पशुपालन तथा साना उद्योगमा आकर्षित गर्न तालिम, अनुदान र प्रविधिको पहुँच उपलब्ध गराइनेछ।

गाउँपालिकाले आन्तरिक स्वरोजगार र सीप विकासलाई बढावा दिन सिप सम्बन्धी जानकारी, तालिम र सिप प्रदर्शनका लागि सिप मेलाको आयोजना गर्ने योजना बनाएको छ। थाङ्का, पेन्टिङ, गलैंचा उत्पादन, चिया प्रशोधन लगायतका साना तथा घरेलु उद्योगहरूको स्थापना गरेर रोजगारी सिर्जना गर्ने योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

सामाजिक सुरक्षा र सेवा प्रवाहमा सहजता

सामाजिक सुरक्षा भत्ता पाउने वृद्ध, अपांग, एकल महिला लगायत लाभग्राहीलाई लक्षित गर्दै राष्ट्रिय परिचयपत्र वितरण वडा तहमै पुर्‍याइनेछ। यसका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिने जनाइएको छ।

बजेट असार १० मा सार्वजनिक हुने

गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट यहि असार १० गते गाउँसभामार्फत सार्वजनिक गरिने जनाइएको छ। बजेटमा प्रस्तुत नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आवश्यक स्रोत साधनको व्यवस्थापन गरिने बताइएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...