सुख्खा क्षेत्रमा प्रभावकारी बन्दै प्लाष्टिक पोखरी

Written by meropradesh creator

७ पुष २०७८, बुधबार

रामेछाप । रामेछापको सुख्खा क्षेत्रमा निमार्ण गरिएको प्लाष्टिक पोखरी किसानहरुको लागि बरदान सावित भएको छ ।

प्रयाप्त पानी नपर्दा सुख्खा रहेका क्षेत्रमा प्लाष्टिक पोखरी निमार्ण भएपछि वर्षातको समयमा परेको पानी जम्मा गर्ने हिउँदको समयमा उक्त पानी प्रयोग गरेर तरकारी लगाएर उत्पादन गर्न थालेपछि अन्य किसानहरुको रोजाइमा पनि प्लाष्टिक पोखरी पर्न थालेको हो । जिल्लाको अधिकासं भूभाग भिरालो पाखो जमीन रहेको हुँदा वर्षातमा पनि परेको पानी बगेर तल झर्ने गर्दा भिरालो जमिन सधै सुख्खा नै हुने गर्दथ्यो ।

भिरालो पाखो जमीन रहेको ठाउँठाउँमा प्लाष्टिक पोखरी निमार्ण गर्ने र केही ठाउँमा ठूलो आहाल निमार्ण गरेर वर्षातको पानी संकलन गर्न थालेपछि अहिले पाखो जमिन पनि हराभरा हुन थालेको छ । पाखो र भिरालो जमीनमा प्लाष्टिक पोखरी र आहाल निमार्ण गर्दा पानी संकलन हुने र उक्त पानी वस्तुभाउ र अन्य जंगली जनावरलाई पनि हुने र तरकारी लगाउन पनि सहज हुने गरि साविकको कृषि विकास कार्यालयले पोखरी निमार्ण गरिदिएपछि किसानमा खुशीयाली छाएको हो ।


पहिला गाउँमा पानीको समस्या हुँदा जमीन भएर पनि सधै वजारवाट तरकारी किनेर खानुपर्ने वाध्यता थियो । अहिले घर नजिकै प्लाष्टिक पोखरी निमार्ण गरेपछि वर्षातको पानी संकलन गरेर राखेका छौं । त्यही संकलन गरेको पानीवाट अहिले घर वरपर तरकारी लगाएर हराभर बनाएका छौं, आफैले उत्पादन गरेको तरकारी भान्सामा प्रयोग गर्दै आएको मन्थली नगरपालिका– २ की दिलमाया श्रेष्ठले जानकारी दिइन ।

उनले भनिन्– गाउँमा पानी नहुँदा धेरै दुःख पायौं । तरकारी लगाउने त कुरै छाडौं, मान्छेलाई पानी खान समेत समस्या थियो । पहिला भएका घर छेउका पानीको मुहान सुक्दै गएपछि घर भन्दा केही पर खोलावाट पानी ल्याएर खान वाध्य थियौं । घर छेउको जग्गा पानी नभएकै कारण बाझै छोड्दै आएका थियौं । तर अहिले घर छेउमा प्लाष्टिक पोखरी निमार्ण गरेपछि वर्षातमा परेको आकाशे पानी जम्मा पारेर तरकारी खेती गर्न पाउँदा ज्यादै खुशी लागेको किसान श्रेष्ठ वताउँछीन ।


पाखो जमीनमा पोखरी निमार्ण भएपछि किसानहरुलाई तरकारी खेती, पशुपंक्षीलाई पानी खुवाउन मात्रै सहज भएको छैन् । यसवाहेक भुकम्पपछि घर पुर्ननिमार्ण गर्न र आगलागी भएको समयमा निभाउन समेत उक्त पोखरीको पानी प्रयोग गर्दै आएको खाँडादेवी गाउँपालिका–३ भिरपानीका डिलवहादुर श्रेष्ठले जानकारी दिए ।

उनले भने– पहिला प्रसस्तै जमीन भएर पनि पानीको अभावमा तरकारी किन्न वजारको भर पर्नुपर्ने वाध्यता थियो । तर जब प्लाष्टिक पोखरी निमार्ण गर्यो, त्यसपछि तरकारी किन्न वजार जानुपरेको छैन् । अहिले घर छेउमै आलु, प्याज, लसुुन, गोलभेडा लगाएतका तरकारी मनग्ये लगाएका छौं । कुनै महिना पोखरीमा पानी कम हुँदा ट्याक्टरवाट ल्याएर पोखरीमा खन्याएर जम्मा गर्ने गरेका छौं । यसवाट म जस्तै गाउँका धेरै किसानहरुलाई फाइदा पुगेको श्रेष्ठ बताउँछन् ।


भिरालो र पाखो जमीनमा वर्षातमा परेको पानी नअडीदा सधै सुख्खा रहने जमीनलाई सिंचाई गर्न प्लाष्टिक पोखरी र आहाल निमार्णले किसानलाई धेरै ठूलो राहात पुुगेको मन्थली नगरपालिका–२ का कार्यबाहक अडा अध्यक्ष जनक खत्रीले जानकारी दिए । उनले भने– केही नागरिकहरुले वडा कार्यालयमा प्लाष्टिक पोखरीको माग गरेका छन् । यसलाई वडाले आगामी वर्षको वजेटमा सम्वोधन गर्ने गरि कार्यक्रम अघि वढाइने छ । प्लाष्टिक पोखरी निमार्ण गर्दा वडाका धेरै नागरिकहरुले यसवाट प्रसस्त फाइदा लिन सक्ने भएकाले यो प्रभावकारी हुनसक्ने पनि अध्यक्ष खत्रीले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...