सुकाजोरमा राउतको अध्यक्षतामा ५१ सदस्य तरुणदल गठन

Written by meropradesh creator

३ चैत्र २०७७, मंगलवार

रामेछाप– नेपाल तरुण दल रामेछाप नगरपालिकाले वडा नं ७ सुकाजोरमा गोविन्द राउतको अध्यक्षतामा ५१ सदस्य वडा समिति गठन गरेको छ । नेपाल तरुण दल रामेछाप नगरपालिकाको नगर अध्यक्ष सन्तोष कुमार तामाङको अध्यक्षतामा सोमबार भएको कार्यक्रममा गोविन्द राउतको अध्यक्षतामा ५१ सदस्यिय वडा समिति गठन भएको हो । समीतीमा अध्यक्ष गोविन्द राउत बरिष्ठ उपाध्यक्ष निरज मगर र सचिव गंगा तामाङ रहेका छन् । समितिका पदाधिकारी र कार्यसमिति सदस्य सबै निर्विरोध चयन गरिएको नेपाल तरुण दल रामेछाप नगर सचिव रामकुमार कार्कीले जानकारी दिए ।


कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रामेछाप प्रदेशसभा ‘क’ का सदस्य गुञ्ज बहादुर कार्कीले बाम एकताको नाटक गरेर कम्युनिस्टहरुले झण्डै दुई तिहाइको हाराहारीमा प्राप्त गरेको मतको अपमान गरेको आरोप लगाउनु भएको छ ।
त्यस्तै अहिले देशलाई गती दिन नसके पछी जनताबाट भाग्न खोजेको आरोप लगाउँदै कम्युनिस्टबाट देशको विकास हुन नसक्ने बताएका छन । विगतमा देशलाई अफ्टेरो पर्दा काँग्रेसले नेतृत्व गरेर देशलाई सही दिशामा लगेको इतिहास स्मरण गर्दै सदस्य कार्कीले कम्युनिस्टकै कारण देशमा आएको अहिलेको संकटबाट देशलाई सही बाटोमा लैजानको लागि नेपाली काँग्रेसले सरकारको नेतृत्व लिनु पर्ने धाराण राखेका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कार्कीले गठित समितिका पदाधिकारी र सदस्यलाई बधाई दिदै अनुशासित र मर्यादित भएर पार्टीको संगठन विस्तारसँगै सामाजिक कार्यमा लाग्न अनुरोध समेत गरेका छन ।


नेपाली काँग्रेस रामेछाप नगरपालिकाका नगर सचिव एवं वडा नं ७ सुकाजोरका वडाध्यक्ष समिर कार्कीले युवा बिना वडा नगर देखि देशको विकास हुन नसक्ने भन्दै समग्र विकासमा युवाहरु लाग्नु पर्ने बताएका छन् । गाउँ समाजमा हुने काम देखि पार्टीका विभिन्न संगठनमा हुने काम हतारमा गर्दा वा अरु कसैको उक्सावटमा लागेर गर्दा त्यसले राम्रो परिणाम बताएका छन् । कार्कीले तरुणको सांगठनिक काम देखि युवाहरुको हरेक समस्यामा काँग्रेस नगर समितिले सधैं सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमको अध्यक्ष एवं नेपाल तरुण दल रामेछाप नगर समितिका अध्यक्ष सन्तोष कुमार तामाङले नेपाली काँग्रेसको विभिन्न संगठन मध्ये नेपाल तरुणदल पार्टीको मेरुदण्ड जस्तै भएकाले तरुण युवाहरु सशसक्त भएर लाग्नु पर्ने बताए । अहिलेको अवस्थामा हरेक ठाउँमा युवाहरुको नेतृत्व आवश्यक रहेको भन्दै पार्टीको संगठन देखि देश विकासका हरेक गतिविधिमा युवाहरुले हस्तक्षप गर्दै देशलाई नयाँ दिशा तर्फ लैजन भूमिका खेल्नु पर्ने धाराण राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...