काठमाण्डौ । प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुदै छ आज हुने खेलमा सुदूरपश्चिम प्रदेश सँग प्रदेश १ खेल्दै छ भने बागमती प्रदेश सँग गण्डकी प्रदेश खेल्ने छ ।
पहिलो खेल आज बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ । समूह बी मा रहेका टिम मध्ये सुदुरपश्चिम र प्रदेश एकले आफ्नो पहिलो खेलमा जित निकाल्दै दुई अंक जोडेका छन् ।
प्रतियोगितामा ८ वटा टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा शसस्त्र प्रहरीको एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । त्यस्तै समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ रहेका छन् ।
१८ गते समूह ’ए’ को विजेता र समूह ’बी’ को उपविजेताबीच र समूह ’बी’ को उपविजेता र समूह ’ए’ को विजेताबीच सेमिफाइनल खेल हुनेछ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...