सुचना लुकाउँदै–मन्थली नगरपालिका

Written by meropradesh creator

२५ बैशाख २०७९, आईतवार

रामेछाप । मन्थली नगरपालिकाले गरेका र गर्दै आएका विभिन्न कार्यहरुको सूचना नागरिकले माग गरे पनि यर्थाथ सूचना नागरिकले पाउन सकेका छैनन् ।

नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सरोकारको कुनै पनि बिषयको सूचना माग्ने र पाउने हक हुनेछ भनेर सूचनाको हकलाई संवैधानिक रुपमै व्यवस्था गरिएको छ । सरकारले गरेको उक्त व्यवस्थालाई मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले अहिलेसम्म कार्यान्वयन गरेका छैनन् ।

मन्थली नगरपालिकामा कुनै नागरिकले सूचना माग गर्दा माग गरिए अनुसारको सूचना अहिलेसम्म दिने गरेको छैन् । नागरिकले निवेदन सहित माग गरेको सूचनालाई वेवास्ता गर्दै सूचनालाई तोडमोड हुने गरी हचुवाको भरमा सूचना दिने गरिएको छ । मन्थली नगरपालिकामा मिति २०७८ चैत्र २२ गते औषधी खरिद प्रक्रिया कुन–कुन मितिमा भएको हो र खरिद गरिएका अक्सिटोसिन, मिसोप्रोस्टोल र म्याग्नेसियम सल्फेड औषधी खरिद गरेको सक्कल विलको प्रमाणित प्रतिलिपी माग गर्दै परेको निवेदनमा पालिकाले सहि सूचना नदिई लुकाउँदै आएको छ ।

गत वर्ष नगरपालिकाले औषधी खरिद गरेको बिषयलाई लिएर सूचना माग गर्दा सूचना लुकाउँदै मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले स्वास्थ्य शाखाका कर्मचारीसँग मिलेमतोमा औषधी खरिदमा पाउनु पर्ने कमिसन नमिलेको भन्दै कार्यालयले खुलाएको टेण्डर नै रद्ध गरेका थिए । पछि औषधी व्यवसायीसँग कमिसनको कुरा मिलेपछि पुनः टेण्डर आव्हान गरेर औषधी खरिद गरिएको थियो ।

यसअघि पनि सूचना माग गर्दा सूचना नदिएकै कारण राष्ट्रिय सूचना आयोगमा नगरपालिकाका सूचना अधिकृत र प्रमुख प्रशाकिय अधिकृत विरुद्ध नागरिक समाजका अगुवा दीपक भट्टले उजुरी समेत पेश गरेका थिए । विभागमा परेको उजुरी पछि राष्ट्रिय सूचना आयोगले तत्काल सूचना उपलव्ध गराउनु भन्ने निर्देशन सहितको परिपत्र गरेपछि वाध्य भएर कार्वाही हुने डरले मन्थली नगरपालिकाले सूचना उपलव्ध गराएको थियो ।

त्यसैगरी मन्थली नगरपालिकाले मन्थली माध्यमिक विद्यालयमा भएको भष्ट्राचार छानविनको लागि गठित समितिले विद्यालयमा छानविन गरी पालिकामा बुझाएको प्रतिवेदनको प्रमाणित प्रतिलिपी माग गर्दा सो सूचना समेत मन्थली नगरपालिकाले लुकाएको थियो । पछि सूचनाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि वाध्य भएर मन्थली नगरपालिकाले सहि सूचना उपलव्ध गराएको थियो ।

सूचना पाउनु पर्ने नागरिकहरुको नैसर्गिक अधिकार भएता पनि मन्थली नगरपालिकाले भने प्रत्येक सुचना लुकाउँदै आएको छ । सरकारी निकायले प्रत्येक तीन÷तीन महिनामा भए गरेका कामको विवरण सार्वजनिक गर्नुपर्ने र वर्षको दुई पटक सार्वजनिक सुनुवाई मार्फत नागरिकलाई जानकारी गराउनु पर्नेमा उक्त दुवै कार्य अहिलेसम्म गरेको छैन् । नागरिकलाई सूचना नदिई लुकाएर मन्थली नगरपालिकाले गम्भिर अपराध गरेको नागरिक समाजका अगुवा विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...