सुचना लुकाउँदै मुख्य निर्वाचन कार्यालय

Written by meropradesh creator

१४ बैशाख २०७९, बुधबार

रामेछाप । यहीँ बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई जनमैत्री र पारदर्शी बनाउन भन्दै निर्वाचन आयोगले काम गरिरहेको बेला मुख्य निर्वाचन कार्यालय रामेछापले भने आफ्नो सूचना लुकाउने गरेको छ ।

वर्तमान संविधानले सूचनाको हकलाई सर्वसाधारणसम्म पुग्ने ग्यारेन्टी गरेसँगै निर्वाचन आयोगले आफ्नो संयन्त्रहरुलाई जिल्लाहुदै पालिकास्तरसम्म पुर्याएको भए पनि रामेछापमा भने त्यस विपरीतको काम हुँदै आएको छ ।

निर्वाचन अभियानमा जुटेका मुख्य राजनितीक दलहरु विशेषगरी नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेस लगाएतका दलहरुले व्यापक रुपमा आचार संहिता उल्घंन गरिरहेको सम्वन्धमा मुख्य निर्वाचन कार्यालयसँग सम्र्पक गर्दा स्वंय मुख्य निर्वाचन अधिकारीकै फोन उठ्ने गरेको छैन् ।

त्यसवाहेक निर्वाचनको सन्र्दभमा आइपुग्दा विभिन्न पार्टीका उम्मेदवाहरुहरुले गाउँगाउँमा मतदाताहरुलाई लोभ्याउने खालका गतिविधी र विद्यालय स्तरका वालवालिकाहरुलाई पोशाक वितरण जस्ता काम गरेको र निर्वाचन कार्यालयले गरेको कामको बिवरण बुझ्नका लागि जिल्ला स्तरमा समेत वेवास्ता गरिएको छ ।

वुधवार मुख्य निर्वाचन कार्यालयको गतिवीधि, जिल्ला स्तरमा अन्य पालिकाका निर्वाचन कार्यालयहरुको अवस्था, राजनितिक दलका उम्मेदवारहरुको कार्यशैली आदीका वारेमा मुख्य निर्वाचन कार्यालयमा बुझ्न खोज्दा मुख्य निर्वाचन अधिकारीको टेलिफोन उठेन ।

उनको टेलिफोन नउठेपछि प्रमुख जिल्ला अधिकारी दीपक पहाडी सँग सम्र्पक गर्दा उनले निर्वाचन सम्वन्धि सवै कामका वारेमा मुख्य निर्वाचन अधिकारीको कार्यालयमा सम्र्पक गरी बुझ्न आग्रह गरे । मुख्य निर्वाचन कार्यालयमा सम्र्पक हुन नसकेपछि वेलुकी पौने ५ वजेतिर संचारकर्मीहरुको टोली पुग्दा मुख्य निर्वाचन अधिकृत बाहिरी सकेको सूचना प्राप्त भयो ।

सहायक मुख्य निर्वाचन अधिकारी बिना खड्का (थापा) सँग कार्यालय परिसरमा भेटेर कुरा गर्दा उनले जिल्लाभरीको दावी विरोध र अन्य अवस्थाका वारेमा मुख्य निर्वाचन अधिकारीको कार्यालयलाई जानकारी नहुने बताइन । संचारकर्मीहरुले सोधेको जवाफलाई उनले खासै गम्भिर रुपमा लिइनन् । उल्टै आफ्नो धुनमा उत्तल जवाफको वेवास्ता गर्दै कार्यालयका कर्मचारीहरुसँग सेवा र सुविधाका वारेमा मात्रै कुरा गरिरहीन ।

यीनै घटनाका सम्वन्धमा कार्यालय परिसरभित्र भेटिएका अर्का सहायक निर्वाचन अधिकारी एवं जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकिय अधिकृत लिलाधर अवस्थीले भने घटनालाई गम्भिर रुपमा लिए । उनले पत्रकारहरुलाई सूचना दिनु आयोगको कर्तव्य भएको र नियमित सूचना पाउनुबाट संचारकर्मीलाई वञ्चित गर्नु नहुने बताए । त्यसका लागि वुधवार मुख्य निर्वाचन अधिकृत वाहिरी सक्नु भएकाले विहिवार मात्र उहाँसँग सम्र्पक गरेर संचारमाध्यमहरुलाई नियमित सूचना दिने वारेमा छलफल गर्ने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...