सुचना लुकाउँदै मुख्य निर्वाचन कार्यालय

Written by meropradesh creator

१४ बैशाख २०७९, बुधबार

रामेछाप । यहीँ बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई जनमैत्री र पारदर्शी बनाउन भन्दै निर्वाचन आयोगले काम गरिरहेको बेला मुख्य निर्वाचन कार्यालय रामेछापले भने आफ्नो सूचना लुकाउने गरेको छ ।

वर्तमान संविधानले सूचनाको हकलाई सर्वसाधारणसम्म पुग्ने ग्यारेन्टी गरेसँगै निर्वाचन आयोगले आफ्नो संयन्त्रहरुलाई जिल्लाहुदै पालिकास्तरसम्म पुर्याएको भए पनि रामेछापमा भने त्यस विपरीतको काम हुँदै आएको छ ।

निर्वाचन अभियानमा जुटेका मुख्य राजनितीक दलहरु विशेषगरी नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेस लगाएतका दलहरुले व्यापक रुपमा आचार संहिता उल्घंन गरिरहेको सम्वन्धमा मुख्य निर्वाचन कार्यालयसँग सम्र्पक गर्दा स्वंय मुख्य निर्वाचन अधिकारीकै फोन उठ्ने गरेको छैन् ।

त्यसवाहेक निर्वाचनको सन्र्दभमा आइपुग्दा विभिन्न पार्टीका उम्मेदवाहरुहरुले गाउँगाउँमा मतदाताहरुलाई लोभ्याउने खालका गतिविधी र विद्यालय स्तरका वालवालिकाहरुलाई पोशाक वितरण जस्ता काम गरेको र निर्वाचन कार्यालयले गरेको कामको बिवरण बुझ्नका लागि जिल्ला स्तरमा समेत वेवास्ता गरिएको छ ।

वुधवार मुख्य निर्वाचन कार्यालयको गतिवीधि, जिल्ला स्तरमा अन्य पालिकाका निर्वाचन कार्यालयहरुको अवस्था, राजनितिक दलका उम्मेदवारहरुको कार्यशैली आदीका वारेमा मुख्य निर्वाचन कार्यालयमा बुझ्न खोज्दा मुख्य निर्वाचन अधिकारीको टेलिफोन उठेन ।

उनको टेलिफोन नउठेपछि प्रमुख जिल्ला अधिकारी दीपक पहाडी सँग सम्र्पक गर्दा उनले निर्वाचन सम्वन्धि सवै कामका वारेमा मुख्य निर्वाचन अधिकारीको कार्यालयमा सम्र्पक गरी बुझ्न आग्रह गरे । मुख्य निर्वाचन कार्यालयमा सम्र्पक हुन नसकेपछि वेलुकी पौने ५ वजेतिर संचारकर्मीहरुको टोली पुग्दा मुख्य निर्वाचन अधिकृत बाहिरी सकेको सूचना प्राप्त भयो ।

सहायक मुख्य निर्वाचन अधिकारी बिना खड्का (थापा) सँग कार्यालय परिसरमा भेटेर कुरा गर्दा उनले जिल्लाभरीको दावी विरोध र अन्य अवस्थाका वारेमा मुख्य निर्वाचन अधिकारीको कार्यालयलाई जानकारी नहुने बताइन । संचारकर्मीहरुले सोधेको जवाफलाई उनले खासै गम्भिर रुपमा लिइनन् । उल्टै आफ्नो धुनमा उत्तल जवाफको वेवास्ता गर्दै कार्यालयका कर्मचारीहरुसँग सेवा र सुविधाका वारेमा मात्रै कुरा गरिरहीन ।

यीनै घटनाका सम्वन्धमा कार्यालय परिसरभित्र भेटिएका अर्का सहायक निर्वाचन अधिकारी एवं जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकिय अधिकृत लिलाधर अवस्थीले भने घटनालाई गम्भिर रुपमा लिए । उनले पत्रकारहरुलाई सूचना दिनु आयोगको कर्तव्य भएको र नियमित सूचना पाउनुबाट संचारकर्मीलाई वञ्चित गर्नु नहुने बताए । त्यसका लागि वुधवार मुख्य निर्वाचन अधिकृत वाहिरी सक्नु भएकाले विहिवार मात्र उहाँसँग सम्र्पक गरेर संचारमाध्यमहरुलाई नियमित सूचना दिने वारेमा छलफल गर्ने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...