सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसलमा कलाकार समिति च्याम्पियन

काठमाडौँ, । ललितपुर महानगरपालका वडा न १६ कलाकार समितिले शनिबार तेस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुट्सल प्रतियोगिताको उपाधि जितेको छ । कलाकार समितिले फाइनलमा राष्ट्रिय फोटो पत्रकार समूहलाई पेनाल्टी सुटनआउटमा ३–२ ले हरायो । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मैदानमै पुगेर फाइनल खेल अवलोकन गर्नुभएको थियो ।
फाइनलको निर्धारीत समयको खेल १–१ ले बराबरीमा सकिएपछि च्याम्पियनको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । निर्धारीत समयमा कलाकार टिमका युजेश श्रेष्ठ र लोकेश लिम्बुले गोल गर्नुभयो । राष्ट्रिय समाचार समिति ९रासस० तेस्रो स्थानमा रह्यो ।
यसअघि सेमिफाइनलमा ललितपुर वडा १६ कलाकार समितिले आयोजक नेवाः पत्रकार राष्ट्रिय दबू र र फोटो पत्रकार टिमले राष्ट्रिय समाचार समिति ९रासस० लाई हराएका थिए । आठ टिम सहभागी प्रतयोगितामा प्रत्येक दुई समूहबाट शीर्ष दुई–दुई टिम सेमिफाइनलमा पुगेका हुन् । प्रतियोगितामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०, तामाङ पत्रकार संघ, बोधिचर्या नेपाल र आर्दश विद्या मन्दिर ९एभिएम०समूह चरणबाटै बाहिरिए ।
सो प्रतियोगितामा विजेता टिमका युजेश नौ गोलसहित सर्वाधिक गोकलर्ता बन्नुभयो । यसैगरी एभिएमका नवीन महर्जनउत्कृष्ट गोलरक्षक र फोटो पत्रकार टिमका लोकेश सर्वश्रेष्ठ खेलाडी चुनिनुभयो ।
प्रतियोगिताअन्तर्गत नेवाः पत्रकार राष्ट्रिय दबू र नेवाः पत्रकार राष्ट्रिय दबू, ललितपुरबिच महिला मैत्री फुटसल खेल पनि खेलिएको थियो । जसमा ललितपुरको महिला पत्रकार टिम टाइब्रेकरमा २–१ ले ववजयी भएको थियो ।
ललितपुर महानगरपालिका वडा ५ का अध्यक्ष विकासमान श्रेष्ठ, ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्य, नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ फोनिजका अध्यक्ष लकी चौधरी, एभिएमकी प्रिन्सिपल सुजिता मानन्धरलगायत विजेता टिम तथा उपविजेता खेलाडीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
नेवाः पत्रकार राष्ट्रिय दबूले श्रेष्ठको ११० औँ जन्मोत्सव मनाउने क्रममा फुटसलको आयोजना गरेको हो । नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापकको पहिचान दिनुपर्ने अभियानअन्तर्गत फुटसल प्रतियोगिता हरेक वर्ष आयोजना गर्दै आएको छ, भन्नुभयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...