सत्ता गठबन्धनको लिखुतामाकोशी बाट चुनावी सभा सुरु

Written by meropradesh creator

१ कार्तिक २०७९, मंगलवार

रामेछाप– रामेछापमा सत्ता गठबन्धनको लिखुतामाकोशी गाउँपालिकाबाट चुनावी सभा सुरु भएको छ । लिखुतामाकोशी गाउँपालिकाको वडा नं ५ नगदहबाट सोमबार देखि चुनावी अभियान सुरु भएको हो । जिल्लाका ६४ ओटै वडा सम्म पुग्ने गरी चुनावी अभियान सुरु गरिएको निर्वाचन परिचालन समितिले बताएको छ ।


चुनावी सभालाई संबोधन गर्दै नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले रामेछापको विकासको लागि आफ्नो उम्मेद्वारी रहेको बताए । उम्मेद्वार तामाङले आफू सरकारको कुनै पनि जिम्मेवारीमा नहुँदा पनि जिल्लामा व्यक्तिगत खर्चमा धेरै सामाजिक काम र भौतिक विकासको काम गरेको बताउँदै अब सरकारकै प्रतिनिधि भएर काम गर्ने चाहना रहेकाले मंसिर ४ को निर्वाचनमा आफ्नो नेतृत्वमा रहेको उम्मेद्वारलाई मतदान गर्न अनुरोध गरे । नेपाली काँग्रेसकै सरकारले लिखुतामाकोशीको हलेदे धोवी सिरिशे सडकलाई कालोपत्र गर्ने काम सुरु गरेकाले अबको पाँच वर्ष भित्र उक्त सडकलाई सम्पन्न गरेर अन्य विकासको काम गरिने बताए । रामेछापमा धेरै विपत्तका घटनाहरु हुने गरेको र तत्काल उद्दार नहुँदा धेरै मानिसले ज्यान गुमाउनु परेकाले अहिले आफैले हेलिकप्टर खरिद गरेर ल्याएको बताउँदै उम्मेद्वार तामाङले कम आर्थिक अबस्था हुनेलाई नि:शुल्क उद्दार गरिदिने पनि उदघोष गरे ।

त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार रहेका तारानारायण श्रेष्ठले अहिलेको निर्वाचन एउटा पात्रले मात्रै जित्ने निर्वाचन नभइ जिल्लाको पाँच बर्षको विकासको खाकाले जित हुने भएकाले सबै मतदाताले निर्वाचनमा भाग लिएर गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरे । प्रदेश सभाका उम्मेद्वार श्रेष्ठले २०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित भएका सासंद मन्त्री हुदाँ पनि रामेछापको प्रदेश सभा (क) मा कुनै पनि बिकास नभएको स्मरण गर्दै प्रदेश क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व राज्य मन्त्री एवं नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज श्याम कुमार श्रेष्ठ कुशलले अहिले राजतन्त्र फर्काउने एजेण्डा सहित एमाले चुनावी अभियानमा आएको आरोप लगाउदै रामेछापमा एमालेलाई जनताले अस्वीकार गर्ने धारणा राखे । उनले अहिले प्रतिनिधिसभाको उम्मेद्वार रहेका कान्छाराम तामाङ समाज सेवी र विकास प्रेमी नेता रहेकाले अत्याधिक मतले बिजय गराउन आम मतदातालाई अनुरोध गरे । त्यस्तै प्रदेश सभाका उम्मेद्वार श्रेष्ठले यस अघि संविधान सभाको सदस्य हुँदा सविधान बनाउने काम गरेर देशलाई स्थिरताको बाटोमा पुर्याएको बताउँदै अब जिल्लाको विकासको लागि पनि जिताउन अनुरोध गरे ।
नेपाली काँग्रेसका पुर्व पार्टी जिल्ला सभापति लवश्री न्यौपानेले २०७४ को निर्वाचनमा बहुमतका साथ जितेको एमालेको घमण्डीले गर्दा सरकारबाट बाहिरिनु परेको बताउँदै मंसिर ४ पछिको निर्वाचनमा मतदाताले एमालेलाई सडकमा पुर्याइदिने बताए । २००७ साल देखि बिभिन्न आन्दोलनको नेतृत्व गरेको काँग्रेस र २०६२/ २०६३ को आन्दोलनको सहयात्री बनेको माओबादीको संयुक्त गठबन्धनका उम्मेद्वारलाई जिताएर विकासको सुरुवात ढोका खोल्न आम मतदातालाई अनुरोध गरे ।

लिखुतामाकोशी– ५ नागदहमा नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाका सभापति भोज बहादुर खड्का सुन्दर र वडा नं ३ चिलाउनेमा नेकपा माओबादी केन्द्र वडा न ३ का वडा कमिटी अध्यक्ष अमृत तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा तर्फ माओबादीको तर्फबाट समानुपातिकको उम्मेद्वार सुनिता गौतम नेपाली काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कारकी, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि ध्रुवहरि ढुंगेल, नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) का सभापति निरोज खड्का, नेकपा माओबादी केन्द्र लिखुतामाकोशी गाउँ कमिटी सदस्य सन्दिप कार्की, नेविसंघ रामेछापका अध्यक्ष बिनोद बिढाथोकी लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा सयौँको संख्यामा स्थानीयहरुको सहभागिता रहेको नेपाली काँग्रेस जिल्ला कार्य समितिका सचिब दीपक खड्काले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...