सतर्कता अपनाउन सम्बन्धित निकायलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाण्डौं । कुनै पनि बेला विपद्का घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरूलाई गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको स्वागत कार्यक्रममा उनले वर्षा हुने समय अझै बाँकी रहेकाले त्यसलाई मध्यनजर गरी सतर्कता अपनाउन आग्रह गरेका हुन् ।


गृहमन्त्री लेखकले यस वर्ष भारी वर्षा हुने आकलन विज्ञहरूले गरेको भन्दै सुरक्षा निकाय, प्राधिकरण, प्रदेश सरकार र स्थानीय सरकार सजग रहनुपर्ने बताएका छन् । गृहमन्त्री लेखकले पूर्वसूचना प्रणालीका कारण विगतको तुलनामा कम क्षति भए पनि अझै क्षति न्यूनीकरण गर्न सतर्क रहन आग्रह गरे । उनले कुनै पनि बेला वर्षा हुने र त्यसले ठूलो क्षति निम्त्याउन सक्ने भन्दै कुनै पनि समयका लागि सतर्क भएर रहन आग्रह गरे । उनले मन्त्रालय र प्राधिकरणको समन्वयलाई थप सुदृढीकरण गर्दै अन्तर मन्त्रालयसँगको समन्वयलाई प्राथमिकता दिन पनि आग्रह गरे ।
गृहमन्त्री लेखकले स्वास्थ्य तथा जनसंख्या, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, प्रदेश र स्थानीय सरकारसँगको समन्वय बढाउन र प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए । उनले विपद् सुरक्षासम्बन्धी आवश्यक जनशक्ति र स्रोत साधनका लागि चाहिने रकम विनियोजन गर्न अर्थ मन्त्रालयसँग कुरा गर्ने पनि बताए ।


गृहमन्त्री लेखकले न्यूनतम कर्मचारी बढाउने गरी प्रक्रिया अघि बढाउन आग्रह गरे । आर्थिक कारणले कुनै पनि काम नरोकिने प्रतिबद्धता जनाए । उनले अरु खर्च कटौती गरेर भए पनि नागरिकको ज्यान बचाउने कुरामा सरकार लाग्ने बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...