सत्र वर्षमा रामेछापमा पानीको मुल फुट्दा गाउँमा खुसियाली

Written by meropradesh creator

१७ श्रावण २०७८, आईतवार

रामेछाप । सत्र वर्षमा आफुले सदियौ देखि उपभोग गर्दे आएको पुराना धारा र कुवामा मुलफुटेपछि रामेछापका विभिन्न गाउँमा खुसियाली छाएको छ । खडेरिका कारण पुर्ण रुपमा सुकेका पुराना पानिका धारा र कुवामा अत्याधिक वर्षाद संगै पानीको मुल फुटेपछि गाउँलेहरुमा खुसियाली छाएको हो ।
लामो खडेरिका कारण काकाकुल बनेका बिषेश गरि जिल्लाका रामेछाप नगरपलीका,मन्थली नगरपालीका खाँडादेवी गाउँ पालीका र सुनापति गाउँ पालीकाका सवैजसो वडामा खानेपानीको हाहाकार थियो । जसका कारण कतिपय गाउँलेहरु खानेपानीकै लागि बसाई समेत सरिसकेका छन् । तर यस पटक भने मुल फुटेको खुसियालीमा गाउँलेहरु उत्साहित मात्र भएका छैन्, अधिकाँश ठाउँमा बाझै रहेका खेतहरुमा पनि गाउँले रोपाई गर्ने तयारी गरिरहेका छन् ।


ति बस्तिहरुमा पानीको अभाव भएपछि सरकारले जिल्लाका दर्जनौ अधिकाँश स्थानलाई सुख्खाग्रस्त गाउँ घोषणा गरि ति ठाउँहरुमा नदिको पानीलाई लिफट सिस्टमबाट तानेर दिर्घकालीन रुपमा खानेपानीको ब्यावस्था गर्दै आएको थियो । लामो समयको अन्र्तरालमा यस वर्ष पानिको मुल फुटेपछि गाउँलेहरुमा खुसियाली छाएको रामेछाप नगरपालिका वडा नं ४ का वडा अध्यक्ष टुपेन्द्र तामाड्ढले बताउनु भयो ।
२०६१ साल पछि वर्षाद नहुँदा गाउँका प्रयाजसो सबै खानेपानीका मुहान सुकेको भएपनि १७ बर्षको अन्तरालमा आफनो गाउँ र आसपासको वस्तिहरुका धारा र पंधेरामा मुल फुटेको रानपा ८ बाबियाखर्कका उज्जवल घिमिरेले वताउनु भयो । खडेरीले पुराना खानेपानीका मुहान सुकेसंगै खानेपानिको अभावमा कतिपय बस्तीहरु समेत बसाई सरिसकेको अवस्थामा धारा पंधेरामा मुल फुट्को कुराले बालक देखि बृद्धा सम्ममा खुसियाली छाएको पनि घिमिरेले बताउनु भयो । हिमगँगा,देउराली ओख्रेनी साँघुटारका पंधेराहरुमा पनि मुल फुटेको छ । त्यसैगरि मन्थली नगरपालीकाको भलुुवाजोर, ल्याङ्गल्याङ्ग,हुलाक डाँडा, भिरपानी गाउँका खोला खोल्साहरुमा पनि मुल फुटेको छ । गाउँमा रहेका पानीको धारा र कुवाहरुमा मुल फुटेपछि बाँभिएका पाखो जमिन र खेतमा पनि कृषकहरु रोपाइ गर्न तरखरमा लागेको पकरबासको सुकराम घिसिङ्गले जानकारी दिनुभयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...